२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मोती सार्थक सम्मान रानालाई

२३ श्रावण २०७७, शुक्रबार ०५:१२

साउन २३, गलकोट । यस वर्षको मोती सार्थक सम्मान कला क्षेत्रका  क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ । जिल्लामा अन्तर्राष्ट्रिय मूर्तिकला आयोजना गरेर प्रेरणादायक कार्यको नेतृत्व गर्नुभएका उहाँ पूर्वसांसद समेत हुनुहुन्छ ।  निरन्तरको समाजसेवा र कला साधनाको विकासमा अथक योगदान कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गर्न लागिएको सार्थक प्रकाशनले जनाएको छ ।

सार्थक प्रकाशन बागलुङले विसं २०७४ देखि विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष मोती सार्थक सम्मान प्रदान गर्दै आएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । सो सम्मान यसअघि २०७४ मा बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का, २०७५ मा चिकित्सक डा हेमा छन्त्याल र २०७६ मा मुस्ताङका पत्रकार भीम रसाइलीले प्राप्त गर्नुभएको थियो । 

यसैगरी धवल कला मन्दिरबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको धवल मोती सम्मान २०७७ बागलुङका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मान २०७७ बाट गलकोटका सुन्तली कुँवर र  सरिता खड्कालाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।

धवल कला मन्दिरले साहित्य र कला सङ्गीतमा योगदान पुर्याउँदै आएका व्यक्तिलाई विसं २०७४ र  स्मृति प्रकाशनले विसं २०६५ देखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको छ ।  ती सम्मान विसं २०७४ मा कृष्णलाल शाक्य, पद्मनारायण श्रेष्ठ, २०७५ मा सूर्यप्रसाद मिलन र इन्द्रकुमारी श्रेष्ठ र २०७६ मा ठाकुरजङ्ग राजभण्डारी र मछिन्द्र शाक्यले प्राप्त गर्नुभएको थियो । तीनवटै फरक–फरक संस्थाबाट प्रदान गरिने सम्मान सामूहिकरूपमा अगामी भदौ ३ गते मोती जयन्तीको अवसरमा प्रदान गरिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य