९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३५० फर्म खारेज

२३ श्रावण २०७७, शुक्रबार ०६:४६

साउन २३, गोदावरी । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले ३५० वटा फर्मलाई खारेज गरेको छ । व्यापार व्यवसाय सञ्चालन गर्नका लागि मात्र दर्ता गरिएको तर  विभिन्न कारणले व्यापार व्यवसाय सञ्चालन गर्न नसकेकाले कैलाली र कञ्चनपुरका ३५० फर्मलाई गत आर्थिक वर्ष २०७६/०७७ मा खारेज गरिएको कार्यालयले जनाएको छ । 

गत आर्थिक वर्षमा कैलाली कञ्चनपुरमा गरिएको अनुगमनका क्रममा २३ व्यवसायीलाई तत्काल जरिवाना गरिएको कार्यालय प्रमुख कमलबहादुर पुन मगरले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा रु चार लाख ८५ हजार ६०० बराबरको म्याद सकिएका, लेबल टाँस नगरिएका अखाद्य वस्तु नष्ट गरिएको छ । 

कार्यालयले नियमित बजार अनुगमन गर्नुपर्ने भए पनि आवश्यक जनशक्ति र साधनस्रोत अभावका कारण सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक पहाडी जिल्लामा अनुगमन गर्न नसकिएको जनाएको छ । आव २०७६/०७७ मा एक हजार ३४१ निजी र २६ वटा साझेदारी फर्म दर्ता भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो आर्थिक वर्षमा संशोधन (नामसारी, ठाउँसारी) अन्तर्गत एक हजार १०४ र दुई हजार १८८ वटा फर्म नवीकरण भएका थिए । कार्यालयले उक्त आवमा रु एक करोड ८७ लाख २४ हजार ९५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नियमित बजार अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्यसूची राख्ने गर्नुका साथै उपभोक्तालाई अखाद्य वस्तु बिक्री गर्नेजस्ता कार्य बढ्दै गइरहेको जनाइएको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो