Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चैतदेखि असार मसान्तसम्म एक सय स्थानमा चुहावट मर्मत

२०७७, २३ श्रावण शुक्रबार ०७:४७

साउन २३, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले चैतदेखि असार मसान्तसम्म झण्डै १०० स्थानमा चुहावट मर्मत गरेको छ । सरकारले जारी गरेको बन्दाबन्दीको अवधिमा मुख्य सडकका ठूला चुहावट भएका स्थानमा मर्मत गरिएको हो । 

सामान्य अवस्थामा भित्रि सडकभन्दा ठूला सडकमा मर्मत गर्न कठिन हुने गरेको थियो । बन्दाबन्दीको समयमा सवारी साधनको चाप कम भएकाले कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका व्यस्त सडकमा मर्मतको काम भएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । 

उहाँका अनुसार लिमिटेडले हाल पानी वितरण भइरहेका १०० वर्षभन्दा पुरानो पाइपलाइनको मर्मत गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी असारभित्रैमा उपत्यकामा झार्ने तयारी भएकाले पनि लिमिटेडले मर्मतलाई तीव्रता दिएको थियो । उहाँले भन्नुभयो, “पाइप मर्मत हाम्रो नियमित काम भए पनि अहिले लकडाउनमा यसलाई तीव्रता दिइएको छ ।”

बन्दाबन्दीको समयमा मर्मत गर्दा सामान्य अवस्थामा सवारी चाप उच्च हुने ठाउँलाई प्राथमिकता दिइएको शाक्यले बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले आवश्यक संरचनाको निर्माण गरिसके पनि पानी आएको केही महिनासम्म पुरानो पाइपलाइनबाट काठमाडौँ उपत्यकामा पानी वितरण हुनेछ । 

पाइपको परीक्षणको अवधिमा पुरानो पाइपबाट वितरण गर्न लागिएको उहाँले बताउनुभयो । मेलम्चीको पानीको मात्रा बढी हुँदा पुरानो पाइपमा धेरै ठाउँमा चुहावट हुनसक्ने भनी मर्मतलाई तीव्रता दिइएको हो । उहाँले भन्नुभयो, “नयाँ पाइप पूर्णरुपमा सञ्चालनमा आएपछि पुरानो पाइप नचाहने भए पनि अहिले पुरानो पाइपबाटै पानी पठाउन चुहावट सकेसम्म कम गर्न लागिएको हो ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा