२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रमित बढ्न थालेपछि कोभिड–१९ अस्पतालमा शय्याको अभाव

२०७७, २३ श्रावण शुक्रबार १०:४७

शरद शर्मा, साउन २३, काठमाडौँ । उपत्यकामा दिनहुँ कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । 

बिहीबार मात्र उपत्यकामा ८७ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७०० मा सङ्क्रमण देखिएको छ । अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० शय्यामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ । यस्तै पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शय्या भरिएर थप १२ शय्या पनि सङ्क्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । पाटनमा भर्ना गरिएका सङ्क्रमित प्रायः लक्षण भएका छन् । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शय्या अभाव हुन थालेको छ । कूल ५० शय्यामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटरमध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ । 

अस्पतालका निर्देशक डा राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि अब लक्षण भएका सङ्क्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताउनुभयो । “उपत्यकामा सङ्क्रमित दैनिक बढिरहेका छन् । ती सबै सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अब लक्षण देखिएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने हो ।” उहाँले लक्षण नभएका सङ्क्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताउनुभयो । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउनेजस्ता लक्षण भएका सङ्क्रमित देखिन थालेका छन् । 

अस्पतालमा भर्ना भएका ३३ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएका छन् । यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिनुभयो । 

उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको बताउनुभयो । उहाँका अनुसार वीरमा अहिले १५ सङ्क्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ । “पहिले हामीलाई कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनिएको थिएन । त्यसैले हामीले सङ्क्रमितका उपचारको व्यवस्था गर्नका लागि तयारी गरेका थिएनौँ”, उहाँले भन्नुभयो, “तर अहिले मन्त्रालयले नै निर्देशन दिएपछि हामी उपचारको व्यवस्था गर्न जुटेका छाँै ।”

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ । “हाम्रो अस्पताल कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न भनेर तोकिएको अस्पताल होइन”, उहाँले भन्नुभयो, “त्यसैले हामीले धेरै सङ्क्रमित राख्ने सक्ने अवस्था छैन । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचार गर्न निर्देशन दिए भने हामी तयारी गर्दछौँ ।”

नेपालमा अहिलेसम्म २१ हजार ७५० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये १५ हजार ३८९ निको भएर घर फर्किसकेका छन् । यस्तै  ६५ जनाको मृत्यु भइसकेको छ भने सक्रिय सङ्क्रमित छ हजार २९६ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप