२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ महामारीपछि विदेशबाट ४५ हजार ६७३ नेपाली फर्किए, कुन देशबाट कति ? (विवरणसहित )

२४ श्रावण २०७७, शनिबार ०८:१६

मनोज पराजुली । साउन २४, काठमाडौं । कोभिड-१९ को विश्वव्यापी महामारीपछि विभिन्न देशमा समस्यामा परेकाहरुमध्ये हालसम्म हवाई उडानबाट ४५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्  ।  कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) अनुसार शुक्रबारसम्म भारतसहित ३० देशबाट स्वदेशी र विदेशी विमानहरूको चार्टर उडानमार्फत ४५ हजार ६ सय ७३ जना  नेपाली स्वदेश फर्किएका हुन् ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले "नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश" जारी गरेको थियो । गत वैशाख पहिलो साता सर्वोच्च अदालतले "जोखिममा रहेका नेपाली नागरिकहरूलाई" स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो । त्यस्तै जेठको पहिलो साता संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको थियो । सो पश्च्यात गत जेठ ३२ बाट विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्य शुरु भएको थियो । सरकारले गत चैत्र ११ बाट शुरु गरेको लकडाउनपछि पहिलोपटक जेठ ३२ गते म्यानमारमा समस्यामा परेका २६ नेपाली स्वदेश फर्किएका थिए । 

यूएईबाट फर्किए सबैभन्दा धेरै 

सिसिएमसीले शुक्रवार अपरान्हसम्म तयार गरेको उडान विवरणअनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट १२ हजार १ सय ७५ जना, साउदी अरबबाट ६ हजार ९ सय ९७ जना, मलेशियाबाट ६ हजार ६ सय २० जना, कुबेतबाट ६ हजार ३ सय २९ जना, कतारबाट पाँच हजार दुई ४१ जना, अष्ट्रेलियाबाट एक हजार ८७ जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । 

अफगानिस्तानबाट ३३, ओमानबाट चार सय ९२, म्यानमारबाट २६ थाइल्याण्डबाट तीन सय २६,  दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ जना स्वदेश फर्किएका छन् । सिंगापुरबाट दुई सय ९७, हंङकंङबाट ८९,  पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २ सय १ जना, स्वीटजरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)बाट ६८ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, श्रीलंकाबाट ५ जना स्वदेश फर्किएका छन् । स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको संख्या एकिन नभएपनि भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् ।  यसबीचमा शान्ति सेनामा गएर फर्केकाहरूको संख्या पनि सिसिएमसीले जोडेको छ । 

स्वदेश फर्किएकहरु मध्ये सबैभन्दा बढी बागमती प्रदेशका नागरिक रहेका छन् । बागमतीपछि क्रमश : प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश, सुदुरपश्चिम र कर्णाली प्रदेशका नागरिक हवाई उडान मार्फत स्वदेश फर्किएका छन् ।  

स्वदेश फर्किएकाहरु मध्ये कुवेत, युएई लगायत केहि देशले आफनै खर्चमा नेपालीहरुलाई स्वदेश ल्याईदिएका छन् साथै केहीलाई रोजगारदाताले टिकट उपलब्ध गराएरका छन् भने बाँकी सबै आफ्नै खर्चमा महँगो हवाई भाडा तिरेर स्वदेश फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य