2026-09-25 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ महामारीपछि विदेशबाट ४५ हजार ६७३ नेपाली फर्किए, कुन देशबाट कति ? (विवरणसहित )

मनोज पराजुली । साउन २४, काठमाडौं । कोभिड-१९ को विश्वव्यापी महामारीपछि विभिन्न देशमा समस्यामा परेकाहरुमध्ये हालसम्म हवाई उडानबाट ४५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्  ।  कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) अनुसार शुक्रबारसम्म भारतसहित ३० देशबाट स्वदेशी र विदेशी विमानहरूको चार्टर उडानमार्फत ४५ हजार ६ सय ७३ जना  नेपाली स्वदेश फर्किएका हुन् ।

गत जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले “नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजीकरण गर्नेसम्बन्धी आदेश” जारी गरेको थियो । गत वैशाख पहिलो साता सर्वोच्च अदालतले “जोखिममा रहेका नेपाली नागरिकहरूलाई” स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो । त्यस्तै जेठको पहिलो साता संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको थियो । सो पश्च्यात गत जेठ ३२ बाट विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्य शुरु भएको थियो । सरकारले गत चैत्र ११ बाट शुरु गरेको लकडाउनपछि पहिलोपटक जेठ ३२ गते म्यानमारमा समस्यामा परेका २६ नेपाली स्वदेश फर्किएका थिए । 

यूएईबाट फर्किए सबैभन्दा धेरै 

सिसिएमसीले शुक्रवार अपरान्हसम्म तयार गरेको उडान विवरणअनुसार सबैभन्दा बढी युएईबाट स्वदेश फर्किएका छन् । युएईबाट १२ हजार १ सय ७५ जना, साउदी अरबबाट ६ हजार ९ सय ९७ जना, मलेशियाबाट ६ हजार ६ सय २० जना, कुबेतबाट ६ हजार ३ सय २९ जना, कतारबाट पाँच हजार दुई ४१ जना, अष्ट्रेलियाबाट एक हजार ८७ जना, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । 

अफगानिस्तानबाट ३३, ओमानबाट चार सय ९२, म्यानमारबाट २६ थाइल्याण्डबाट तीन सय २६,  दक्षिण कोरियाबाट सात सय २०, बंगलादेशबाट आठ सय ४१, माल्दिभ्सबाट सात सय नौ जना स्वदेश फर्किएका छन् । सिंगापुरबाट दुई सय ९७, हंङकंङबाट ८९,  पाकिस्तानबाट ७२, बहराइनबाट नौ सय ८०, अमेरिकाबाट चार सय २३, बेलायतबाट दुई २९, इजरायलबाट एक सय २७, चीनबाट दुई सय आठ, टर्कीबाट एक सय १० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २ सय १ जना, स्वीटजरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट दुई ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)बाट ६८ जना, दक्षिण सुडानबाट दुई सय ५० जना, श्रीलंकाबाट ५ जना स्वदेश फर्किएका छन् । स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको संख्या एकिन नभएपनि भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् ।  यसबीचमा शान्ति सेनामा गएर फर्केकाहरूको संख्या पनि सिसिएमसीले जोडेको छ । 

स्वदेश फर्किएकहरु मध्ये सबैभन्दा बढी बागमती प्रदेशका नागरिक रहेका छन् । बागमतीपछि क्रमश : प्रदेश १, प्रदेश ५, प्रदेश २, गण्डकी प्रदेश, सुदुरपश्चिम र कर्णाली प्रदेशका नागरिक हवाई उडान मार्फत स्वदेश फर्किएका छन् ।  

स्वदेश फर्किएकाहरु मध्ये कुवेत, युएई लगायत केहि देशले आफनै खर्चमा नेपालीहरुलाई स्वदेश ल्याईदिएका छन् साथै केहीलाई रोजगारदाताले टिकट उपलब्ध गराएरका छन् भने बाँकी सबै आफ्नै खर्चमा महँगो हवाई भाडा तिरेर स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान