२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विश्वकै अग्लो पुलमा अनियमितता– संचालन भएको १ हप्तामै जीर्णोद्धार

२०७७, २४ श्रावण शनिबार १३:२०

पर्वत । पर्वत र बागलुङ जोड्ने बिश्वकै लामो झोलुङे पुल हल्लिएको गुनासो आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाई) थप्ने भएको छ ।


कालीगण्डकी नदिमाथि निर्माण गरिएको बागलुङको बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो पुल सर्वसाधरणको लागि खुला गरिएको हप्तादिन नवित्दै जीर्ण बनेको हो ।


पुलको क्षमता ६१२ जना अर्थात ८५ मेट्रिक टन भए पनि हस्तान्तरण गरि नसक्दै अत्याधिक हल्लिने भएपछि पुर्ननिर्माणको काम थालिएको छ ।


करीब १३० मिटर अग्लो झोलुङे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुबैपट्टि छेउछेउमा थप तार (टाई) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार नरहरि खड्काले जानकारी दिए ।


थानी-बीएलटी-हिमशिखर जेबी निर्माण कम्पनीले सम्झौता मितिभन्दा ३ महीनाअगाडि नै निर्माण सम्पन्न गरेको थियो । २०७५ साल चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो ।
पुल निर्माण सँगै एक घण्टाको बाटो १० मिनेटमा छोटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण