९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खाद्यान्न अभाव हुने जाजरकोटका चार ठाउँमा नयाँ डिपो स्थापना

२५ श्रावण २०७७, आईतवार ०७:४८

साउन २५, जाजरकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो ।  यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।

बाढीपहिराबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ । 

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए । अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । सबै डिपोमा चामल तत्काल पुर्याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ ।

खाद्यान्न आपूर्ति गर्न सडक मर्मत

बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम शुरु भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । भौतिक पूर्वाधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सासम्मको सडक मर्मत गर्नका लागि निर्देशन दिइसकेको उहाँले बताउनुभयो । 

सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमाटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिइएको हो । अहिले खच्चरमार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो