२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ कारागारको समस्या हट्यो

२५ श्रावण २०७७, आईतवार ०७:५७

साउन २५, गलकोट । क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दै आएको बागलुङ जिल्ला कारागारको समस्या समाधान हुने भएको छ । जिल्ला कारागारमा छुट्टै महिला बन्दी गृह निर्माण भएपछि लामो समयदेखि झेल्दै आएको कैदीबन्दीको समस्या समाधान हुने भएको हो । अहिले महिला कैदीबन्दी गृह निर्माणसम्पन्न भई हस्तान्तरणको चरणमा छ । 

निकै जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको संरचनाले कैदीबन्दीलाई निकै समस्या भएकाले कारागारको थप क्षमता विस्तारका लागि महिला बन्दी गृह निर्माण गरिएको जिल्ला कारागारले जनाएको छ । महिला बन्दी गृहको काम निर्माणसम्पन्न भई हस्तान्तरणपश्चात् महिला बन्दीलाई स्थानान्तरण गरिनेछ । फागुनमा निर्माण शुरु भएको बन्दी गृह हालै मात्र सम्पन्न भएको जिल्ला कारागारका प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो ।

केन्द्रीय कारागार व्यवस्थापन विभागले गत वर्ष विनियोजन गरेको रु एक करोडमध्ये रु ६७ लाखमा एमाह रक्षा बिल्डर्स प्रालिले ठेक्का सम्झौतामार्फत काम सम्पन्न गरेको हो । दुई वर्षअघि  बागलुङ, पर्वत र म्याग्दीका कारागार समायोजन गरी बागलुङलाई महिला बन्दी गृह निर्माण गर्ने र अन्य जिल्लामा पुरुष कैदीबन्दी राख्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय केन्द्रीय कारागार व्यवस्थापन विभागमा पठाएपछि भवन निर्माणका लागि बजेट विनियोजन भएर आएको हो । दुई कोठा, दुई शौचालय, दुई स्नानघर र बाहिरी कम्पाउन्ड  निर्माण गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य