2026-09-13 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल

साउन २७, स्याङ्जा । गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले  जानकारी दिनुभयो ।

बन्द अस्पतालका आकस्मिक तथा बहिरङ्गसहितका सबै सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख न्यौपानेले भन्नुभयो, “कोरोनाको सङ्क्रमण देखिएका बिरामीको उपचारका लागि आइसोलेसन कक्ष र अन्य बिरामी प्रवेश गर्ने प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरेर अस्पतालको सेवा पुनःसञ्चालन गरेका छौँ ।” अब अस्पतालमा उपचार गर्न आउँदा कुनै पनि डर मान्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । 

सामान्य उपचार गर्न पनि टाढा धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अस्पतालको नियमित सेवा शुरु गरिएको प्रमुख  न्यौपानेले बताउनुभयो । गल्याङ नगर अस्पतालको आइसोलेसनमा हालसम्म ५८ जना कोरोना रोगलाई जितेर घर फर्केको तथा अहिले १० सङ्क्रमितको उपचार भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले