२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मनलाग्दी राहत : राहतमै विभेद

२७ श्रावण २०७७, मंगलवार ०९:०५

साउन २७, बलेवा । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो ।

यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरक–फरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले रु १२ हजार उपलब्ध गराएको छ भने सोही ठाउँकी गङ्गा पौडेल उपाध्यायलाई रु ६ हजार उपलब्ध गराएको छ ।

मालिकाकै भरत रेग्मीले समितिका तर्फबाट रु १० हजार राहत लिनुभएको छ । उहाँको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टङ्कनाथ आचार्यले भने रु १५ हजार राहत पाउनुभएको छ । प्रजिअको नेतृत्वमा रहेको समितिले फरक–फरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरक फरक हिसाबले राहत दिएको पाइएको हो ।

“क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ”, बागलुङ –५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “प्रमुखजिल्ला अधिकारीलाई कुराकानी गर्दा बजेट नभएकाले फरक फरक भएको भन्नुभो ।”

सरकारले पछिल्लो पटक बनाएको विधिअनुसार पाँचजनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार सङ्ख्या भएमा प्रतिपरिवार रु २० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनुपूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई रु १५ हजारसम्म दिने व्यवस्था थियो । “हामीले केही जान्दैनौँ जति दिए उति लिइयो”, गङ्गाले भन्नुभयो्, “हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिएँ ।” विपद् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गर्नुभयो ।

बागलुङका प्रजिअ सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको अवस्था हेरेर रकम उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । “नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ”, उहाँले भन्नुभयो, “बजेट नभएकाले मुचुल्काका आधारमा राहत दिनु परेको हो, सबै ठाउँमा आफैँ पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौँ ।” विपद्को सामना गरिरहेका न्यून वर्गीय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य