2026-09-13 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मनलाग्दी राहत : राहतमै विभेद

साउन २७, बलेवा । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो ।

यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरक–फरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले रु १२ हजार उपलब्ध गराएको छ भने सोही ठाउँकी गङ्गा पौडेल उपाध्यायलाई रु ६ हजार उपलब्ध गराएको छ ।

मालिकाकै भरत रेग्मीले समितिका तर्फबाट रु १० हजार राहत लिनुभएको छ । उहाँको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टङ्कनाथ आचार्यले भने रु १५ हजार राहत पाउनुभएको छ । प्रजिअको नेतृत्वमा रहेको समितिले फरक–फरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरक फरक हिसाबले राहत दिएको पाइएको हो ।

“क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ”, बागलुङ –५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “प्रमुखजिल्ला अधिकारीलाई कुराकानी गर्दा बजेट नभएकाले फरक फरक भएको भन्नुभो ।”

सरकारले पछिल्लो पटक बनाएको विधिअनुसार पाँचजनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार सङ्ख्या भएमा प्रतिपरिवार रु २० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनुपूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई रु १५ हजारसम्म दिने व्यवस्था थियो । “हामीले केही जान्दैनौँ जति दिए उति लिइयो”, गङ्गाले भन्नुभयो्, “हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिएँ ।” विपद् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गर्नुभयो ।

बागलुङका प्रजिअ सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको अवस्था हेरेर रकम उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । “नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ”, उहाँले भन्नुभयो, “बजेट नभएकाले मुचुल्काका आधारमा राहत दिनु परेको हो, सबै ठाउँमा आफैँ पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौँ ।” विपद्को सामना गरिरहेका न्यून वर्गीय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले