२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्कनेलाई नयाँ नियम लागू, के के छ प्रावधान ?

२८ श्रावण २०७७, बुधबार ०५:३७

साउन २८, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले विदेशबाट आउने नेपालीहरुलाई नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठाउने निर्णय गरेको हो ।  अबदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लाको समन्वयमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा क्वरेण्टीनको व्यवस्था गरिने भएको छ । अबदेखि विदेशबाट आइपुगेको पाँचदेखि सातदिनभित्र पीसीआर परीक्षण गरिनेछ । पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र घर जान पाइनेछ । पोजेटिभ देखिएमा कोरोना मुक्त भएपछि मात्रै सरकारले घर पठाउनेछ ।

यसअघि विदेशाबाट स्वदेश आएकाहरुलाई विमानस्थलमा स्वास्थ्य जाँचपछि सिधै प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य जाँच गरेपछि कोरोनाको शंका नलागेमा सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो  । सो पश्च्यात सम्बन्धित जिल्लाबाट आफ्नो पालिकाको क्वरेण्टीन वा होटल क्वरेण्टीनका साथै होम क्वरेण्टीनमा बस्न पाइथ्यो । त्यस्तै सामान्य स्वास्थ्य जाँचमा ज्वरो, खोकी लगायत कोरोनाको लक्षण नदेखिएमा त्यसै दिन सम्बन्धित जिल्लामा पठाइन्थ्यो । 

आधा लाख नेपाली स्वदेश आइपुगे, अब भने दैनिक ५ सयको मात्रै उद्धार

सरकारले गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गरेको थियो । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ जना नेपाली स्वदेश आइपुगेका छन् । 

अहिलेसम्म फर्किएका ५० हजारमध्ये ६२ जना अस्पतालमा रहेका कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार विदेशबाट फर्किएकामध्ये ५ हजार ३७१ जना होम क्वरेण्टीनमा छन् भने १३ सय ५२ जना होटल क्वरेण्टीनमा रहेका छन् । ३८ हजार २२२ जना सम्बन्धित प्रदेशमा गएको सीसीएमसीले जनाएको छ । 

कुन देशबाट कति फर्किए ?

अहिलेसम्म अफगानिस्तानबाट ३३ जना, अस्ट्रेलियाबाट ९४३ जना, ओमानबाट ६३६ जना, कतारबाट ५ हजार ८४६ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३२९ जना, जापानबाट एक हजार २३ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१ जना, मलेसियाबाट  ७ हजार ६०६ जना स्वदेश आइपुगेका छन् । 

यस्तै माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट १४ हजार ५९ जना, साउदी अरेबियाबाट ७ हजार ८१७ जना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना स्वदेश फर्किएका छन् । 

चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्वीजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएका सीसीएमसीले जनाएको छ । 

कुन प्रदेशका कति ?

अहिलेसम्म प्रदेश १ का १० हजार ५६२ जना, प्रदेश २ का ८ हजार ३४४ जना, वाग्मती प्रदेशका १३ हजार ७२४ जना, गण्डकी प्रदेशका ६ हजार ४१७ जना, प्रदेश ५ का ८ हजार ३४९ जना, कर्णाली प्रदेशका ११ सय ५१ जना र सुदूरपश्चिम प्रदेशका १२ सय ८४ जनास्वदेश आइपुगेका छन् । 

सरकारले यसअघि भदौ १ गतेदेखि नियमित उडान गर्ने भनेको थियो । तर कोरोनाको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु भदौ मसान्तसम्म बन्द गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य