2026-07-26 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्कनेलाई नयाँ नियम लागू, के के छ प्रावधान ?

साउन २८, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले विदेशबाट आउने नेपालीहरुलाई नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशबाट घर फर्कनलेलाई काठमाण्डौमै तोकिएको स्थानमा क्वरेण्टीनमा राख्ने र सङ्क्रमण नभएको प्रमाणित गरेर मात्र घर पठाउने निर्णय गरेको हो ।  अबदेखि काठमाण्डौ उपत्यकाका तीन जिल्लाको समन्वयमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा क्वरेण्टीनको व्यवस्था गरिने भएको छ । अबदेखि विदेशबाट आइपुगेको पाँचदेखि सातदिनभित्र पीसीआर परीक्षण गरिनेछ । पीसीआर रिपोर्ट नेगेटिभ आएमा मात्र घर जान पाइनेछ । पोजेटिभ देखिएमा कोरोना मुक्त भएपछि मात्रै सरकारले घर पठाउनेछ ।

यसअघि विदेशाबाट स्वदेश आएकाहरुलाई विमानस्थलमा स्वास्थ्य जाँचपछि सिधै प्रदेश अनुसारको होल्डिङ सेन्टरमा लैजाने र त्यहाँ स्वास्थ्य जाँच गरेपछि कोरोनाको शंका नलागेमा सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो  । सो पश्च्यात सम्बन्धित जिल्लाबाट आफ्नो पालिकाको क्वरेण्टीन वा होटल क्वरेण्टीनका साथै होम क्वरेण्टीनमा बस्न पाइथ्यो । त्यस्तै सामान्य स्वास्थ्य जाँचमा ज्वरो, खोकी लगायत कोरोनाको लक्षण नदेखिएमा त्यसै दिन सम्बन्धित जिल्लामा पठाइन्थ्यो । 

आधा लाख नेपाली स्वदेश आइपुगे, अब भने दैनिक ५ सयको मात्रै उद्धार

सरकारले गएको जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान सुरु गरेको थियो । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत ३० देशबाट ५० हजार १०७ जना नेपाली स्वदेश आइपुगेका छन् । 

अहिलेसम्म फर्किएका ५० हजारमध्ये ६२ जना अस्पतालमा रहेका कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । सीसीएमसीका अनुसार विदेशबाट फर्किएकामध्ये ५ हजार ३७१ जना होम क्वरेण्टीनमा छन् भने १३ सय ५२ जना होटल क्वरेण्टीनमा रहेका छन् । ३८ हजार २२२ जना सम्बन्धित प्रदेशमा गएको सीसीएमसीले जनाएको छ । 

कुन देशबाट कति फर्किए ?

अहिलेसम्म अफगानिस्तानबाट ३३ जना, अस्ट्रेलियाबाट ९४३ जना, ओमानबाट ६३६ जना, कतारबाट ५ हजार ८४६ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ६ हजार ३२९ जना, जापानबाट एक हजार २३ जना, थाइल्याण्डबाट ३२६ जना, दक्षिण कोरियाबाट ७२० जना, बंगलादेशबाट ८४१ जना, मलेसियाबाट  ७ हजार ६०६ जना स्वदेश आइपुगेका छन् । 

यस्तै माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट १४ हजार ५९ जना, साउदी अरेबियाबाट ७ हजार ८१७ जना, सिंगापुरबाट २९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना, बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना स्वदेश फर्किएका छन् । 

चीनबाट २०८ जना, टर्कीबाट ११० जना, फिलिपिन्सबाट २०१ जना, स्वीजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएका सीसीएमसीले जनाएको छ । 

कुन प्रदेशका कति ?

अहिलेसम्म प्रदेश १ का १० हजार ५६२ जना, प्रदेश २ का ८ हजार ३४४ जना, वाग्मती प्रदेशका १३ हजार ७२४ जना, गण्डकी प्रदेशका ६ हजार ४१७ जना, प्रदेश ५ का ८ हजार ३४९ जना, कर्णाली प्रदेशका ११ सय ५१ जना र सुदूरपश्चिम प्रदेशका १२ सय ८४ जनास्वदेश आइपुगेका छन् । 

सरकारले यसअघि भदौ १ गतेदेखि नियमित उडान गर्ने भनेको थियो । तर कोरोनाको जोखिम बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु भदौ मसान्तसम्म बन्द गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ