२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा सुरक्षा गार्ड कुट्ने नेपालीलाई चार महिना जेल सजाय

२०७७, २९ श्रावण बिहीबार ०४:५८

साउन २९, काठमाडौं । मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गर्ने नेपालीलाई स्थानीय अदालतले चार महिना कैद सजाय तोकेको छ । मलेसियाको पत्रिका द स्टारका अनुसार स्थानीय एक अदालतले मंगलवार राम गोपाल मुराउलाई चार महिना जेल सजाय तोकेको हो ।

अदालतले मुराउलाई भएको चार महिना जेल सजाय गत अगस्ट ३ तारिखदेखि नै लागू भएको बताएको छ । गत जुलाई ७ तारिखको दिन मुराउले हुसेनलाई त्यहाँस्थित तमान मेलाती सापिङ कम्ल्पेक्समा कुटपिट गरेको सार्वजनिक भएको थियो । मलेसियन प्रहरीले मुराउविरुद्ध दश वर्षसम्म जेल र जरिवानाको माग गरेको थियो । तर अदालतले चार महिनामात्र कैदको सजाय सुनाएको छ ।   

यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको ४४ सेकेण्ड लामो भिडियोमा एक व्यक्तिले अर्का एक सुरक्षा गार्डलाई निर्ममतापूर्वक कुटपीट गरेको देखिएको थियो । सुरुमा कुटपीट गर्ने व्यक्ति स्थानीय नागरिक र पछि भारतीय मुलका व्यक्ति मन्नु भएको दावी अर्का एक नेपालीले गरेका थिए । उनले आफू पनि सो व्यक्तिबाट पीडित भएको र करार अवधि सकिनु अगावै स्वदेश फर्केका बताएका थिए । तर पछि सो भिडियोका पीडित र पीडक दुवै पछि क्वालालम्पुर स्थित नेपाली दूतावासको सम्पर्कमा आएका थिए र दुवै नेपाली रहेको विवरण दूतावासले सार्वजनिक गरेको थियो । त्यसपछि पीडक स्वयं स्थानीय प्रहरीमा गएको दूतावासले जानकारी दिएको थियो ।

सो घटनामा एक महिलालाई दुर्व्यवहार गरेको अभियोगमा पीडित नेपालीलाई पनि मुद्धा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको समाचार यस अगाडी सार्वजनिक भएको छ । तर सो विषयमा पछिल्लो जानकारी भने प्रहरीले दिएको छैन । पीडितका पक्षबाट स्थानीय वकिल सुमिथा कृष्णा लडिरहेकी छन् ।

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुट्ने नेपाली भएको पुष्टि, को हुन् उनी ?

मलेसियामा नेपाली सेक्यूरिटी गार्ड कुटिएको भिडियो भाइरल, दुतावासद्वारा छानविन सुरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने