२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किन चाहनेको संख्या ९३ हजार, सरकारी खर्चमा फर्किन २४ सय ५० को आवेदन

२०७७, २९ श्रावण बिहीबार ०७:४३

साउन २९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका मध्ये हालसम्म २ हजार ४ सय ५० जनाले सरकारी खर्चमा स्वदेश फर्किन आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न मुलुक स्थित नेपाली नियोगहरुमा सो संख्यामा निवेदन प्राप्त भएको हो ।

हालसम्म विभिन्न मुलुकका नियोगहरुमा निवेदन दिएकाहरुलाई सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि निर्देशिका बमोजिम स्वदेश फर्काउने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयका सह–सचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए । हालसम्म विश्वका ८५ वटा मुलुकहरुबाट ९३ हजार ६ सय ७३ नेपालीले स्वदेश फर्किन आफ्नो नाम सूचिकृत गराएको भन्दै त्यसमध्ये प्रमुख ५ वटा मुलुकबाट मात्र ८० हजारले नाम दर्ता गराएको उनले बताए ।

उनका अनुसार हालसम्म ५८ वटा मुलुकबाट ५० हजार १ सय ३० जना नेपालीलाई स्वदेश फर्काइएको भन्दै यसबीचमा २ सय ६२ वटा शव नेपाल फर्काइएको र आफन्तलाई जिम्मा लगाइएको छ  ।

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सम्वन्धि रीपोर्ट सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै घिमिरेले आयोगले गरेका सिफारिस मध्ये कतिपय परराष्ट्र मन्त्रालय मार्फत विदेश स्थित नियोगहरुले कार्यान्वयन गर्नुपर्नेहरु रहेको र सम्वन्धित मुलुकका सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने