२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किन चाहनेको संख्या ९३ हजार, सरकारी खर्चमा फर्किन २४ सय ५० को आवेदन

२९ श्रावण २०७७, बिहीबार ०७:४३

साउन २९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा रहेका मध्ये हालसम्म २ हजार ४ सय ५० जनाले सरकारी खर्चमा स्वदेश फर्किन आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न मुलुक स्थित नेपाली नियोगहरुमा सो संख्यामा निवेदन प्राप्त भएको हो ।

हालसम्म विभिन्न मुलुकका नियोगहरुमा निवेदन दिएकाहरुलाई सरकारी खर्चमा स्वदेश फर्काउने सम्वन्धि निर्देशिका बमोजिम स्वदेश फर्काउने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयका सह–सचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए । हालसम्म विश्वका ८५ वटा मुलुकहरुबाट ९३ हजार ६ सय ७३ नेपालीले स्वदेश फर्किन आफ्नो नाम सूचिकृत गराएको भन्दै त्यसमध्ये प्रमुख ५ वटा मुलुकबाट मात्र ८० हजारले नाम दर्ता गराएको उनले बताए ।

उनका अनुसार हालसम्म ५८ वटा मुलुकबाट ५० हजार १ सय ३० जना नेपालीलाई स्वदेश फर्काइएको भन्दै यसबीचमा २ सय ६२ वटा शव नेपाल फर्काइएको र आफन्तलाई जिम्मा लगाइएको छ  ।

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड १९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सम्वन्धि रीपोर्ट सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै घिमिरेले आयोगले गरेका सिफारिस मध्ये कतिपय परराष्ट्र मन्त्रालय मार्फत विदेश स्थित नियोगहरुले कार्यान्वयन गर्नुपर्नेहरु रहेको र सम्वन्धित मुलुकका सरोकारवाला निकायहरुसँग समन्वय गरेर अगाडी बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य