प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्"/>

2026-10-29 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दुवै हात काटिएको अवस्थामा शव फेला

प्रेम सुनार/साउन ११, गुल्मी । आज विहान गुल्मीको हस्तीचौरमा दुवै हात काटिएको  र शरिर छेद्विच्छद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । 

हस्तीचौर–३ को चाङघाट कटुवालटारी भन्ने स्थानमा दर्लामचौर तर्फबाट बगेर आउने ठाडो खोलामा अन्दाजी ५० वर्षिय अपरिचीत पुरुषको शव फेला परेको हो । हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका प्राचार्य दधिराम पन्थीका अनुसार त्यस वेवरिसे शवको दुवै हत्कलाहरु काटिएका छन् ।  

काटिएका ति हत्केलाहरु कहाँ छन भन्ने थाह नभएको स्थानियले बताएका छन् । दुवै  हत्केला माथी ठाडुङ्गा जंगल विचको पचासधारा खोलाबाट शव वगेर आएको हुँदा उतै हुनु पर्ने स्थानियले अनुमान गरेको छन् । प्राचर्य पन्थीका भन्छन् –‘शव अत्यन्तै दुर्घन्धीत भएकोले हामीहरु नजिक जानै सकेका छैनौं, दुवै हत्केलाहरु कहाँ छन भन्ने थाह छैन् । 

माथी दर्लामचौरको जंगल विचको खोलामा हुनु पर्ने आशंका गरिएको छ ।  

मुहारको छाला लोकत्तीएको छ ।  दाहिने कान , ढाड र घुँडा देखि तल गम्भीर चोट लागेको छ । शव कुहेर किरा परेको छ  ।  हस्तीचौर प्रहरीलाई जानकारी गराएको तर उनिहरु मल्दीमा एकै परिवारका तिन जनाको पहिरोले पुरेर मृत्यु भएकोले त्यहाँ गएको र केहि छिन पछि आउने जानकारी दिईएको छ । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपाल संग सम्पर्क राख्दा उनले प्रहरी त्यहाँ पुगे पनि शवको पहिचान अझै हुन नसकेको जानकारी दिए । उनले हत्या हो वा खोलाले बगाएर मृत फेला परेको वारे अहिले नै केहि भन्न नसकीने बताए ।  उनले शव पोष्टमार्टम र आवस्यक अनुसन्धानबाट मात्र सवै कुरा खुल्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ