साउन ११, म्याग्दी । आव २०७२÷७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, म्याग्दी । आव २०७२÷७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवम"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरजग्गा कारोबारबाट डेढ करोड राजस्व सङ्कलन

११ श्रावण २०७३, मंगलवार ११:२३

साउन ११, म्याग्दी । आव २०७२/७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवमा ४७३ जनाले घरजग्गा आफ्नो नाममा दर्ता गर्दा रु २३ लाख ६२ हजार राजस्व छुट पाएका थिए । सरकारले महिला, दलित, अपाङ्ग र ज्येष्ठ नागरिकको नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ । 

त्यस्तै चालु आवदेखि एकल महिलाको नाममा जग्गा दर्ता गर्दा ३५ प्रतिशत छुट दिने व्यवस्था लागू भएको छ । घरजग्गाको कारोबार गर्दा सरकारी मूल्याङ्कनअनुसार कुल कारोबार रकममध्ये नगरपालिका क्षेत्रमा चार र ग्रामीण क्षेत्रमा दुई प्रतिशत राजस्व तिर्नुपर्छ । 

यसैबीच पछिल्लो समय म्याग्दीमा बैंक, वित्तीय संस्था र सहकारीमा जग्गा धितो राखेर ऋण लिने क्रम बढेको छ । मालपोत कार्यालयको तथ्याङ्कमा गत आवमा एक हजार ७१ जनाले घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिएका छन् । बैंक, वित्तीय संस्था र सहकारीमा घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिँदा व्यक्तिको भन्दा सस्तो र सजिलो हुन्छ । बैंकहरुबीचको प्रतिस्पर्धा र ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार हुन थालेपछि घरजग्गा दृष्टिबन्धक राख्ने सेवाग्राही बढ्दै गएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद शर्माले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?