Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्वतमा कोरोना रोकथामका लागि विनियोजन बजेटको खर्च विवरण गुपचुप

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । पर्वतका स्थानीय तहले कोरोना रोकथामको लागि विनियोजन गरेको रकमको खर्च विवरण लुकाएका छन् । सात स्थानीय तह रहेको पर्वतमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि कुश्मा बजारमा संयुक्त रुपमा आइसोलेसन अस्थायी कोरोना अस्पताल स्थापना गरेका थिए ।

प्रत्येक स्थानीय तहमा  मापदण्ड विपरितका क्वारेनटाइन निर्माण गरेका थिए । तर कोरोना रोकथाम र न्यूनिकरणको लागि विनियोजन भएको रकमको पारदर्शी रुपमा हिसाबकिताब भने कुनै पनि स्थानीय तहले सार्वजनिक गरेका छैनन ।

विश्वव्यापी कोरोनाको माहामारी भएको बेलामा नेपालमा न्यून संक्रमित थिए । जतिबेला स्थानीय तहले राजनीतिक स्वार्थ पुर्ति गर्नको लागि दलीय हिसाबले एकद्धार प्रणालीको नाममा राहत वितरण गरेको नाटक गरेका थिए । केही जिल्लाबासीलाई अन्यन्त्र जिल्लाबाट भित्राउनको लागि सवारी साधनको व्यवस्था समेत गरेका थिए तर कोरोना माहामारीले नेपालमा पनि ठूलो संख्यामा संक्रमण देखियो र जिल्लामा पनि संक्रमणको दर भित्रिएको बेला एकाएक स्थानीय तह कोरोना रोकथाम तथा न्यूनिकरणको लागि विनियोजित रकम सकियो बताए । केन्द्रिय सरकारले केही रकम विनियोजन गरि पठायो स्थानीय तहका बुद्धिजिबी, नागरिक समाजले राहतस्वरुप स्थानीय तहलाई दाल, चामल तथा अन्य खाद्यन्न संकलन गरि दिएका थिए तर स्थानीय सरकार कोरोनाले जिल्लाको अर्थतन्त्र चौपट हुदाँ लाखौ रकम कोरोना कोषमा राखेर मनोमानी रुपमा खर्च गरेर स्वाहा गरे तर अहिले सम्म कोरोना कोषमा जम्मा भएको रकमको खर्च विवरण अझै सार्वजानिक गर्न सकेका छैनन ।

केपी ओली सरकारले १० अर्बको हिसाब  जनताले खोजिरहेको बेलामा पर्वत बासीले जिल्लामा कोरोना रोकथाम तथा न्यूनिकरणमा कति खर्च भयो खोजिरहेका छन् ।