2026-09-13 05:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा अवैधनिक रुपमा बसेकाहरुका लागि आममाफी, पुनः युएई फर्किन पनि बन्देज नलाग्ने

भदौ १, काठमाडौं। युएईमा भिषा अवधि सकिएर अवैधनिक रुपमा बस्दै आएकाहरुका लागि छोटो समयको लागि आममाफी खुलेको छ । मार्च १ तारिख भन्दा अगाडी भिषाको अवधि सकिएकाहरुलाई विना कुनै जरिवाना स्वदेश फर्किन पाउनेगरी आममाफी घोषणा गरिएको हो ।

युएईको अनलाइन खालिज टाईम्सले सरकारी समाचार संस्थालाई उधृत गर्दै लेखेको छः आममाफीमा सहभागि हुनेहरुले आगामी नोभेम्वर १७ अगाडी युएई छोड्नुपर्नेछ । यसरी फर्किनेहरुले कुनै जरिवाना तिर्नुपर्ने छैन ।

गत मार्च अगाडी भिषाको म्याद सकिएकाहरुलाई युएईले मे १८ देखि अगष्ट १८ को बीचमा स्वदेश फर्किने अवसर दिएको थियो । हाल सो समयावधिलाई आगामी नोभेम्वर १७ सम्मका लागि बढाइएको हो । कोभिड १९ को महामारीका बीच मानवियताका आधारमा आममाफीको समयावधि बढाइएको युएईका सरकारी अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ ।

युएईका सरकारी अधिकारीहरुले अवसरको सदुपयोग गर्न आग्रह गरेको भन्दै समाचारमा भिजिट भिषा, रेजिडेन्सी भिषमा युएई आएका र गत मार्च १ तारिख अगाडी भिषाको म्याद सकिएकाहरु आममाफीमा सहभागि हुन सक्ने जनाइएको छ । तर मार्च १ पछि युएईको भिषा सकिएकाहरु भनें यो आममाफीमा सहभागि हुन पाउने छैनन् ।

सो आममाफीमा सहभागि भएर स्वदेश फर्किनेहरुलाई पुनः युएई आउन कुनै बन्देज नलाग्ने सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । यसरी स्वदेश फर्किन चाहनेहरुसँग राहदानी तथा फर्किने हवाई टिकट हुनुपर्नेछ । यसरी स्वदेश फर्किन चाहनेहरु सिधै विमानस्थलमा जान सक्नेछन् । दुवईको अन्तराष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किन चाहनेहरु उडान भन्दा ४८ घण्टा अगावै तथा अबुधावी, सारजहा तथा रसअल खैमहका विमानस्थलबाट फर्किनेहरु उडानभन्दा ६ घण्टा अगाडी विमानस्थलको अध्यागमनमा पुग्नुपर्ने समाचारमा जनाइएको छ । यसका बारेमा थप जानकारीका लागि अबुधावी स्थित नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले