2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शुद्ध पानी उपलब्ध गराउन उच्च अदालतको आदेश

भदौ ३, बलेवा । उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ । मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो । सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध खुवाउनसमेत आदेश दिएको हो ।

साथै सो अनुरूप शुद्ध पानी खुवाए नखुवाएका बारे प्रमुख जिल्ला अधिकारी र बागलुङ नगरपालिकाले अनुगमन गर्न पनि आदेश दिइएको छ । अदालतले १० दिनभित्र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई लिखित जानकारीसमेत पेश गर्न भनेको छ । अनुगमन गरेको प्रतिवेदनसमेत अदालतमा लिखितै पेश गर्न भनिएको छ ।

दुई महिनादेखि बागलुङ नगरमा नियमित पानी वितरण भएको छैन । वितरण भएको पानीसमेत नाली र खेतको पठाइएको थियो । उपभोक्ताले हिलाम्मे पानी खानुपरेपछि हैरानी थिए । उक्त समस्यापछि अधिवक्ता रमेशबहादुर खड्काले नगरवासीलाई शुद्ध पानी खुवाउन, गैरकानूनीरूपमा सञ्चालित संस्थाहरू खारेजीलगायतको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।

मङ्गलबार मुख्य भई काम गर्ने न्यायाधीश मोहनबहादुर कार्की र न्यायाधीश द्वारिकामान जोशीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । मङ्गलबार रिट निवेदनको तर्फबाट अधिवक्ता खड्कासहित राम शर्मा, हरिकृष्ण गौतम, अखिलनाथ शर्मा र बद्रीप्रसाद शर्माले बहस गर्नुभएको थियो ।

जिल्ला प्रशासनको तर्फबाट सहन्यायाधीवक्ता डा गोपीचन्द्र भट्टराई, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, काजीगाउँले श्रेष्ठ र भूमिश्वर गौतम तथा बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता हरिप्रसाद शर्माले बहस गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले