२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने

५ भाद्र २०७७, शुक्रबार ०६:२३

भदौ ५, काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म भिसा नचाहिने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएसँगै सो सुविधा प्राप्त भएको हो ।


इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्यले तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कूटनैतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा भिसा लिनु नपर्ने भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

सो कार्यक्रमका अवसरमा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।

त्यसैगरी केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य