२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

२०७७, ७ भाद्र आईतवार १३:३०

भदौ ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ । 

मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौं ।”

केही दिन अघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुग्नुभएको थियो । त्यहाँ उहाँले कोरोना परीक्षण गर्ने पिसिआर मेसिनको उद्घाटन गर्नुभएको थियो । डोटी भ्रमणकै क्रममा उहाँका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित  सबैको नमूना लिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो