२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह

८ भाद्र २०७७, सोमबार १६:०४

 भदौ ८, काठमाडौँ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य एवम् सांसद डा डिला संग्रौलाले आज  विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण रोजगारी गुमाएर लामो समयदेखि खानका लागि समेत  अरुको राहतको आशामा बसेका श्रमिकको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

विदेशमा समस्यामा परी फर्किनैपर्ने अवस्थाका हजारौं श्रमिकलाई शीघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुुपर्ने सो पार्टीको आग्रह छ ।

विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार तथा व्यवसाय गर्नेलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । साथै कोरोनाको सङ्कटभन्दा पहिले नै निधन भएका ७० भन्दा बढी नेपालीका शव विदेशमा अलपत्र रहेकाले  यथाशीघ्र स्वदेश ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन सांसद संग्रौलाको आग्रह छ ।

सरकारले हालसम्म झन्डै ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुक तथा मलेसियामा झण्डै पाँच लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै उहाँले तीमध्ये हजारौँ महिला, बेरोजगार तथा अशक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा नभएको बताउनुभएको छ ।

यस्तो अवस्थामा ती नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खिरहेका नेपालीलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो काम गरेको भन्दै उहाँले त्यस्तो कामका लागि जिम्मेवार अधिकारीलाई तत्काल बर्खास्त गर्नसमेत माग गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य