2026-09-05 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह

 भदौ ८, काठमाडौँ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको आदेशानुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्न आग्रह गरेको छ ।

सो पार्टीका केन्द्रीय सदस्य एवम् सांसद डा डिला संग्रौलाले आज  विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण रोजगारी गुमाएर लामो समयदेखि खानका लागि समेत  अरुको राहतको आशामा बसेका श्रमिकको पहिचान गरी तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

विदेशमा समस्यामा परी फर्किनैपर्ने अवस्थाका हजारौं श्रमिकलाई शीघ्र स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकले नै तिर्ने गरी सात दिनका लागि होटल बुकिङ गर्नैपर्ने सरकारको नयाँ निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकलाई निःशुल्क क्वारेन्टिनको ब्यवस्था गर्नुुपर्ने सो पार्टीको आग्रह छ ।

विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकको सीपलाई प्रयोग गरी देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार व्यापार तथा व्यवसाय गर्नेलाई सरकारले कम ब्याजदरमा सुलभ ऋण र अनुदानको ब्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । साथै कोरोनाको सङ्कटभन्दा पहिले नै निधन भएका ७० भन्दा बढी नेपालीका शव विदेशमा अलपत्र रहेकाले  यथाशीघ्र स्वदेश ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन सांसद संग्रौलाको आग्रह छ ।

सरकारले हालसम्म झन्डै ५० हजार नेपालीलाई स्वदेश फर्काए पनि अझै खाडी मुलुक तथा मलेसियामा झण्डै पाँच लाख नेपाली स्वदेश फर्कन पर्खिरहेको उल्लेख गर्दै उहाँले तीमध्ये हजारौँ महिला, बेरोजगार तथा अशक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा नभएको बताउनुभएको छ ।

यस्तो अवस्थामा ती नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्नुपर्नेमा सरकारले चार्टर्ड विमानको महँगो टिकट काटेर घर फर्कन पर्खिरहेका नेपालीलाई युएईमा छाडेर रित्तै विमान नेपाल फर्काउने जस्तो काम गरेको भन्दै उहाँले त्यस्तो कामका लागि जिम्मेवार अधिकारीलाई तत्काल बर्खास्त गर्नसमेत माग गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल