2026-09-13 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

फोहर नआउँदा भोकै मजदुर

खेमराज गौतम। भदौ ९, गलकोट। कोरोना भाइरसका कारण सबैभन्दा बढी समस्या, सङ्कट र सकसमा दैनिक जीविकाका लागि काम गर्ने मजदुर छन् । तिनै मजदुरमध्येको बागलुङ र पर्वत जिल्लाको सिमाना मालढुङ्गा परिसरमा काम गर्ने मजदुरको कथा अझ बढी दुःखद् र समस्याग्रस्त छ ।

गिट्टी कुटेर, बालुवा चालेर, डम्पिङसाइट (फोहर विर्सजन स्थल) को फोहर सङ्कलन गरेर जीविका चलाउने मजदुरहरु बन्दाबन्दीको पहिलो चरणमा भोकभोकैसमेत बस्न विवश भए । शहरबजारको दुर्गन्धित फोहरको विसर्जनस्थलसँग यहाँका एक दर्जन महिलाको गहिरो सामाप्यिता छ । त्यही फोहरमा मोहोर खोज्ने मजदुर बन्दाबन्दीका अवधिमा डम्पिङसाइटमा फोहर नआउँदा भोकभोकै दैनिकी गुजार्नुपरेको अनुभव सुनाउँछन् । काम नपाएपछि चुलो नबल्दा भोकै बस्नुपरेको मालढुङ्गाका मजदुरहरुले दुखेसो व्यक्त गरेका छन् ।

अहिले जेनतेन पेट पाल्दै आए पनि बन्दाबन्दीको शुरुको एक महिना छाक टार्नै समस्या भएको बागलुङ नगरपालिकाको डम्पिङसाइटमा फोहर सङ्कलनबाटै गुजारा चलाउँदै आउनुभएका सुष्मा माझीले दुखेसो गर्नुभयो । “शुरुको एक महिना त निकै समस्या भयो, कहिले एैँचोपैँचो मागेर छाक टार्न बाध्य भयौँ त कहिले भोकैसमेत बसेका थियौँ”, परिवारका अरु चार सदस्यको समेत अभिभावकत्व निभाइरहनुभएकी माझीले भन्नुभयो, “नगरपालिकाबाट फोहरको गाडी नआउँदा कामविहीन भइयो, न त बालुवा, ढुङ्गा कालीगण्डकी किनारबाट निकाल्न पाइयो ।” एक्कासि चैत ११ देखि भएको लकडाउनले भोकै बस्न बाध्य बनाएको उहाँको भनाइ छ । नगरपालिकामा पुनः निषेधाज्ञा भएका कारण थप समस्यामा परेको उहाँको दुखेसो छ । 

कालीगण्डकीको दुवै किनार बागलुङ नगरपालिका–१ र कुश्मा नगरपालिका–१ मा करिब ८० परिवार बसोबास गर्दै आएका छन् । उनीहरु डम्पिङसाइटमा रहेको फोहर सङ्कलन, नदीबाट ढुङ्गा, बालुवा निकाल्ने तथा गिट्टी कुटेरै जीवन चलाउँदै आएका छन् । बागलुङ बजारमा सङ्कलन हुँदै आएको फोहर सहकारीको समन्वयमा बागलुङ नगरपालिकाले मालढुङ्गामा डम्पिङसाइट निर्माण गरेर फाल्दै आएको छ । यही डम्पिङसाइटमा कवाडी, कुहिएको खाद्यान्न र प्लाष्टिक सङ्कलन गरी यहाँका एक दर्जनभन्दा बढी महिलाले जीवन चलाउँदै आएका छन् । बागलुङ बजारको फोहरको डम्पिङसाइटमा नआउने हो भने १२÷१५ परिवारकै छाक बन्द हुने स्थानीय रतन परियारले बताउनुभयो । “मालढुङ्गाको दुवैतर्फका मजदुरको दैनिकी नै फोहर, बालुवा तथा गिट्टी कुट्दैमा जान्छ”, परियारले भन्नुभयो, “बन्दाबन्दीको समयमा न फोहर नै आयो, न गिट्टी बालुवा नै बिक्री भयो, त्यतिबेला भोकै बस्नुको विकल्प थिएन ।” अन्य आम्दानीको स्रोत नभएका कारण समस्या झेल्दै आएका मजदुरका परिवारलाई बन्दाबन्दी बज्रपात भएको गौमती परियारले बताउनुभयो । 

लकडाउनदेखि हालसम्म उनीहरुले राहतका नाममा कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाले परिवारका आधारमा प्रदान गरेको पाँचदेखि २५ किलो चामलबाहेक अरु नपाएको गुनासो गरेका छन् । गत हप्ता मात्रै डम्पिङसाइटमा फोहर सङ्कलन गर्ने १२ मजदुर परिवारलाई रिड नेपाल र विद्यामन्दिर पुस्तकालयले संयुक्तरूपमा एक महिनालाई पुग्ने खाद्यान्न वितरण गरेको थियो । 

मालढुङ्गामा स्थानीयभन्दा बाहिरबाट आएर आश्रय लिने मजदुरका परिवार बढी भएका कारण त्यही मजदुरीसमेत प्रतिस्पर्धा भएका कारण अशक्त मजदुरको परिवार भोकै बस्नुपर्ने बाध्यता रहँदै आएको छ । बर्खाको समय कालिगण्डकी नदीको उर्लँदो भेलमा दाउरा टिपेरसमेत छाक टार्दै आएका मजदुरले बर्खाको समय ढुङ्गा र बालुवा निकाल्न कठिन हुने भएकाले अझै बढी समस्या भएको छ । डम्पिङसाइटमा कुहिएको खाद्यान्न बङ्गुर फार्मलाई र सङ्कलन भएको कवाडी बिक्री गरेर मजदुरहरुको जीवन गुजारा चल्दै आएको छ । पछिल्लो समय डम्पिङसाइटमा फोहर आउन थालेपछि केही राहत भएको मजदुरको भनाइ छ तर कालीगण्डकीको बहाव नघट्दासम्म बालुवा निकाल्न नपाउँदा अधिकांश मजदुर फुर्सदिला छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले