पढ्न करिब 2 मिनेट लाग्छ
भदौ ९, काठमाडौँ | मकाउमा पो'र्न भिडियो सेयर गरेको आरोपमा सोमबार मकाउमा ११ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन्।
पक्राउ परेका ७ जनाले मोबाइलमार्फत पो'र्न भिडियो सेयर गरेका थिए । मकाउ प्रहरीका अनुसार उनीहरुले आफ्नो गल्ति स्वीकार पनि गरेका छन् । साथीभाइलाई मोबाइलबाट भिडियो सेयर गरेको बताएका उनीहरुले पैसा कमाउने उद्देश्यले नभई हेर्नको लागि भिडियो सेयर गरेको प्रहरीले जनाएको हो।
मकाउ प्रहरीलाई उधृत गर्दै एनआरएनए मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरूले त्यो भिडियो कुनै वेभसाइटबाट डाउनलोड गरेर सेयर गरेको र थप अनुसन्धान जारी रहेको बताए ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले करिब तीन साताअघि मोबाइलबाट त्यस्तो भिडियो सेयर भइरहेको जनाउ दिँदै अनुसन्धान गर्न मकाउ प्रहरीलाई आग्रह गरेको बताइएको छ ।
स्थानीय टेलिभिजन डी मकाउका अनुसार मे र जुलाई महिनाको बिचमा सेयर गरिएको उक्त भिडियो एक बालिकासँग एक पुरुषले सारीरिक सम्बन्ध गरिरहेको २ मिनेट २९ सेकेण्डको रहेको छ, जुन कार्यलाई अपराध मानिन्छ।
मकाउ प्रहरीले उक्त भिडियो मोबाइलबाट अरुलाई पनि सेयर गरेको कारण उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका ११ जना नेपाली मकाउका चारवटा कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेको र उनीहरू २१ देखि ३६ वर्ष उमेरका रहेको जनाएको छ।