2026-09-25 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट आउनेलाई क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार, के के छन् सुविधा ?

भदौ १०, काठमाडौँ । सरकारले विदेशबाट आउने नेपालीलाई क्वारेन्टिनमा राख्न प्रयोग हुने होटलका लागि न्यूनतम मापदण्ड  तयार गरेको छ। विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तिमा पनि एक साता आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएसंगै क्वारेन्टिन राख्ने होटलको मापदण्ड तयार गरिएको हो । 

मापदण्ड अनुसार क्वारेन्टिनका रुपमा प्रयोग हुने होटल कम्तीमा २० वटा कोठा भएको हुनुपर्नेछ। होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न मिल्ने हुनु पर्नेछ। हवाई यात्रुका लागि सेवा प्रदान गर्न खाना, पानी अन्य लजिस्टिक सपोर्ट र स्वाब परीक्षणका लागि नमुना संकलनको लागि खुल्ला ठाउँ पनि भएको हुनु पर्ने छ।

होटलमा टीभी, वाईफाई, अट्याच बाथरुम, नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको हुनुपर्ने छ। त्यस्तै, होटलमा खाना खाने तथा अन्य सेवा कोठा तथा प्यासेजमा मात्रै गर्न पाइने छ। प्रत्येक कक्षमा साबुन पानी र स्यानिटाइजर हुनु पर्ने तर होटलले प्रदान गर्ने सामूहिक खाना, जिम, साउना, इन्डोर तथा आउटडोर खेलहरु बन्द गर्नु पर्नेछ। प्रत्येक कोठामा एक हप्तासम्म पुग्ने गरी साबुन, टुथपेस्ट, ब्रस, ह्यान्डवास र टावेल पहिले नै राख्नु पर्नेछ। 

होटलमा क्वारेन्टिनका रुपमा सात दिनसम्म बस्दा तिर्नु पर्ने शुल्क पनि सरकारले तोकेको छ। इकोनोमी पर्यटकस्तरका होटलमा सात रात र आठ दिनका लागि दुई जना बस्ने कोठाको प्रतिव्यक्ति ११ हजार र एक जना बस्ने कोठाको १७ हजार ५ सय रुपैयाँ मात्र लिन पाउने व्यवस्था छ।

यो अवधिभन्दा बढी बस्नु पर्नेका लागि दुई जना बस्ने कोठामा प्रतिव्यक्ति दिनको १ हजार ५ सय र एक जना बस्ने कोठाका लागि २ हजार ५ सय रुपैयाँ मात्रै लिन पाउने मापदण्ड बनाइएको छ।

यस्तै स्टार/बुटिक होटलमा एक जना बस्ने कोठाका लागि दैनिक ४ हजार रुपैयाँ र दुई जना बस्ने कोठाका लागि दैनिक २ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।

एयरपोर्टबाट होल्डिङ सेन्टर र होटलसम्म पुर्याउने यातायातको व्यवस्था पनि होटलले नै गर्नुपर्नेछ, तर थप शुल्क लिन पाइने छैन। हवाई यात्राबाट आउने यात्रुले होटल भौचर साथमा लिएर आउनु पर्नेछ। इकोनोमी/पर्यटकस्तर होटलका लागि हरियो, स्टार/बुटिक होटलका लागि नीलो र तीन तारे वा सोभन्दा माथिका होटलका लागि होटलको स्तर र एक जना वा दुई जना बस्ने भन्ने खुलाएको बैजनी रंगको भौचर हुनु पर्नेछ।

होटललाई तिर्नु पर्ने शुल्क यात्रुले पहिले नै बुझाउनु पर्ने छ। यसको व्यवस्था वायु सेवा कम्पनीले नै मिलाउने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ। विमानस्थलबाट होटलसम्म कुन दिन कसले यात्रुलाई लैजाने भन्ने पनि तोकिएको छ। जस अनुसार चार दिन नेपाल होटल संघले र तीन दिन होटल व्यवसायी महासंघले यातायातको व्यवस्था गर्नेछन्। तीन तारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा जान चाहनेका लागि पनि यी दुई संघले नै समन्वय गर्नुपर्नेछ।

विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न ३५ सय बेड तयार, कुन होटलको कति तिर्नुपर्छ ? हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान