२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गर्ने तीन पक्राउ

२०७७, १० भाद्र बुधबार १६:१२

भदौ १०, काठमाडौँ | प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय ध्रुब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त