२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज विदेशबाट ४३७ नेपाली स्वदेश आए, दुई जहाज मलेसिया गए (बिज्ञप्ति सहित)

२०७७, ११ भाद्र बिहीबार १६:०८

भदौ ११, काठमाण्डौ | कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने क्रममा आज बिहीबार साउदीबाट ४१७ जना र टर्किबाट २० जना नेपाल आएका छन् ।

साउदीको दम्मामबाट हिमालय एयरलाइन्सको H95602  जहाजबाट २ शब सहित १५४ जना नेपाली स्वदेश आएका छन् ।

त्यस्तै आजै साउदीको रियादबाट नेपाल एयरलाइन्सको RA2192 उडानबाट ४ शव सहित २६३ जना नेपाली स्वदेश फर्किएका छन् । जसमा ६ जना कुटनीतिज्ञहरु नेपाल आएका छन् । 

त्यस्तै आजै टर्किबाट टर्किस एयरलाइन्समार्फत १५ जना नेपाली र ५ जना कुटनितिज्ञ नेपाल आएका छन् । 


त्यस्तै आज राति हिमालय र नेपाल एअरलाइन्सका एक/एक जहाज मलेसियाको क्लालाम्पुरमा नेपालीलाई लिन गएका छन् । यी दुई जहाजमार्फत मलेसियाबाट भोलि बिहान नेपालीहरु स्वदेश आइपुग्नेछन् ।

अहिले नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ भने मलेसिया, यूएई र कतारबाट भदौ १६ गतेदेखि नियमित उडान हुँदैछन् । नियमित उडानमा आउनेले पीसीआर परीक्षण अनिवार्य गरेर यात्रा गर्नुपर्ने नियम छ भने कोरोना परीक्षण सहज नभएका देशहरु साउदी, कुवेत लगायतका देशबाट आउँदा चार्टर्ड उडानबाट आउनुपर्ने भएको छ ।

स्वदेश फर्कने तय भएकाहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।

कसरी भर्ने अनलाइनबाटै फारम ? तल दिएको लिंकमा क्लिक गरि हेर्नुहोस् 

https://youtu.be/8P5qz2GD6Bo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई