२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जहाँ विरामीसंगै एम्बुलेन्स छटपटाईरहेछ…

२०७७, १३ भाद्र शनिबार ०७:३९

डि. पी छत्कुली | नेपालको राजनिति गतिविधीमा बझाङ पहिलो नम्बरमा पर्छ भने धादिङको ज्वालामुखी गाउँपालिकाको चैनपुर धादिङकै  पहिलो नम्बरमा आउँछ । 

जिल्लाका प्रमुख नेताहरु जन्मेका यो भूमीलाई राजनीतिले जति जतिनै चेतनशील बनाएपनि यहाँको विकासको हालत लाजमर्दो छ । राजनीतिक चेत र नेताहरुको मातृभूमिका भए पनि यो गाउँपालिकाको हालत खराब अवस्थामा छ । पालिकाका अन्य वडाका कुरा छोडौं नेताहरु जन्मिएका वडामै कोहि बिरामी परेभने सहज अवस्था छैन । एम्बुलेन्सनै छटपटिने बाटोमा बिरामीको हालत के होला ? 

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ मा पर्ने यो सडक अहिले ज्वालामुखी गाउँपालीकाकै एक दृष्टिहीनताभएको व्यक्ति जस्तो भएको छ । यहाँ अहिले छट्पटाईरहेका बिरामीहरु स्वास्थ्यचौकी लैजानु पर्यो भने बिरामी लिन आउने एम्बुलेन्स नै बाटोमा छटपटाईरहेको देख्नुपर्ने हुन्छ । 

धादिङका कच्ची सडकहरुमा (क) नम्बरको बाटो हो यो । तर 'क' नम्बरको बाटोकै हालत एस्तो हुँदा 'ख, ग र घ'मा पर्ने बाटोहरुको स्थिति झन कस्तो होला ?

जिल्ला सभापतिदेखि सांसदहरु कयौं पटक यसै ठाउँबाट जितेपनि नत यहाँ एक उच्चस्तरीय शिक्षा दिने विद्यालयनै छ, नत गुणस्तर स्वाथ्यप्रदान गर्ने अस्पताल नै छ ! छन् त केबल नाम चलेका पत्रकार, जिल्लाका बुद्धिजिवीहरुको जमात । करोडौं बजेट आउँछ महिना बित्न पाउँदैनन् पुन: लथालिङ्ग हुने विकास हुन्छ । अर्को कुरा हिउँदे विकास नहुने तर असारे विकास हुने यो पद्धति गाउँदेखि शहरसम्म त विध्यमान छदैछ । यो गाउँपालिकालाई पनि त्यस्तो प्रकारको असारे विकासले अछुतो छाडेको छैन । 

हरेकलाई लाग्न सक्छ कि यो सदरमुकामदेखि कयौं कोश टाढाको बाटो होला ! तर यो जिल्ला सदरमुकामबाट मात्रै १७/१८ किलोमिटर भित्रै पर्ने बाटो हो । यहाँ क्षमता, सिप, योग्यता भन्दा पनि पहुँच हुनेवाला सधैं हावी हुने परम्परा चलिरहेछ ।  यस्को अन्त्य कहिले हुने र ज्वालामुखी गाउँपालिकाले समृद्ध गाउँपालिकाको नामले परिचित हुने ? अन्यथा धेरै नेता जन्मिएका ठाउँमा धेरै भ्रष्ट र अनियमितताका कारिन्दा पनि जन्मिदा रहेछन् भन्ने बुझाई राख्नुपर्ने बाध्यता आईलाग्ने छ । 

तश्विर क्रेडिट: अमिस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो