२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ :छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या

१३ भाद्र २०७७, शनिबार १२:२१

भदौ १३, गलकोट (रासस) । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् । 

छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी पर्नुभएको थियो । चारै जनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो । 

विकले आज घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । “आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठिक भएको बुझ्नमा आयो”, रेग्मीले भन्नुभयो, “सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ ।”

विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याउन थालिएको छ ।  विकले दिएको साग खाएपछि चारै जना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिरामीमध्ये चुडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य