2026-10-15 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

भदौ १४, धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिनुभएको छ ।

एक महिनाअघिदेखि युरिया नामक रासायनिक मल अभाव खेपिरहेका किसान मल लिनका लागि सहकारीले मल वितरण गर्ने क्षेत्र अगाडि भीड लागेका थिए । कोरोना भाइरसको जोखिमको समय भएको बेला भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल बिक्री गरिएको थियो । 

एकै स्थानमा धेरै मानिस भीडभाड गर्दा कोरोना सर्छ भन्ने डर भए पनि किसान धान फलाउने अभिलाषाले कोरोनाको डर नमानी मल लिन आएका थिए । मास्क नलगाई लाइनमा तीन÷चार घण्टा बसेका किसानले एक बोरा मल तीन जना किसानका लागि पाएपछि किसान मल लिएर घर फर्किएका छन् ।

मल लिन आएका आधाजसो किसानले मल नपाएपछि रित्तै घर फर्किन बाध्य भएको गुनासो गरेका छन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिस भीडभाड गरेर मल वितरण गरिएको भए पनि अत्यावश्यक किसानसम्म रासायनिक मल नपुगेको किसानको गुनासो छ । सीमित मात्रामा मल आएका कारण कतिपय किसान खाली हात फर्कनुपरेको थियो ।

प्रत्येक वर्ष खेतीपातीको याममा किसानले मलको अभाव खेप्दै आइरहेका छन् । धादिङमा यही अवधिमा तीन हजार ९०० मेट्रिक टन मल आवश्यक रहेको नेपाल खाद्य संस्थान गजुरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने