Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनका मारमा कुखुरापालन व्यवसाय

२०७७, १५ भाद्र सोमबार १०:१४

भदौ १५, धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । 

चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भन्नुभयो, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, बजारको पनि अभाव थिएन । बन्दाबन्दीपछि कुखुराको बिक्री ह्वातै घट्यो, बिक्रीका लागि तयारी अवस्थामा रहेका एक हजार ६०० कुखुरा विक्री भएन, यसले आाफूलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।” “घरमा भएको दाना सकिँदै जाँदा खरिद गर्नलाई रकमको अभाव भयो । पसलेले उधारोमा दिन पत्याएनन्, करीब ९०० वटा कुखुरा दाना नपाएर म¥यो”, उहाँले भन्नुभयो । दानाको अभावमा कुखुरा धमाधम मर्न थालेपछि बाँकी कुखुरा कम मूल्यमा बिक्री गर्न वाध्य भएको र कतिपय कुखुरा त आफन्तलाई सित्तैमा पनि दिएको यादवले बताउनुभयो ।

बन्दाबन्दीअघि जिउँदो कुखुरा घरबाटै प्रतिकेजी रू. १८० का दरले बिक्री हुन्थ्यो । तर बन्दाबन्दीका कारण दाना नपाएर कुखुरा मरेपछि २ हजार ७०० केजी मासु नष्ट गर्नुपरेको र यसबाट आफूलाई रू. चार लाख ८६ हजार नोक्सान भएको उहाँको दाबी छ । मर्नुभन्दा पहिले वितरण गरेको कुखुराबाट अनुमानित रू. दुई लाखको व्यापार भएको यादवको भनाइ छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका कनरपट्टीस्थित कृष्ण साहले सञ्चालन गरेको कृष्ण पोल्ट्री फार्ममा गएको माघ ६ गते एक हजार चला ल्याइएको थियो । व्यवसाय बढाउन साहले बैंकबाट ऋण समेत लिनुभयो । फागुन अन्तिमतिर चल्ला बढेर बिक्रीका लागि तयार भयो । तर, चैतको ११ गतेदेखि शुरू भएको बन्दाबन्दीका कारण २५९ वटा कुखुरा मात्र बिक्री गर्न भ्याए, बाँकी ८४१ कुखुरा यत्तिकै खेर गयो । बन्दाबन्दीका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि प्रतिकिलो रू. ५० मा बिक्री गर्न वाध्य भएको उहाँको भनाइ छ । “बन्दाबन्दीका कारण डिलरले कुखुरा नउठाउँदा लगानी डुब्यो”, उहाँले भन्नुभयो, “कर्जा लिएर गरेको व्यवसाय नै डुब्यो, अब कसरी कर्जा तिर्नु ?”

बन्दाबन्दीअघि साहले प्रतिकिलो रू. १६० देखि रू. १८० मा बिक्री गरेको कुखुरा बन्दाबन्दीपछि प्रतिकिलो रु ५० मा बिक्री गर्नुपरेको बताउनुभयो । बन्दाबन्दीका कारण रू. चार लाख ५४ हजारभन्दा बढी नोक्सानी भएको उहाँको भनाइ छ । सानो लगानीबाट कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल यादव र साहजस्ता थुप्रै व्यवसायीहरू कोरोना भाइरसको चपेटामा परेका छन् ।

कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि रू. ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा रू. चार हजारदेखि रू. पाँच हजार ४०० सम्म पुगेको थियो ।  त्यो पनि समयमा पाउन मुश्किल छ । “मर्न लागेको कुखुरा बचाउने कुनै विकल्प थिएनन् । एक हजार कुखुरा एक महीना मात्रै बचाउँदा कम्तीमा रू. पाँच लाखको दाना खान्छ”, व्यवसायी साहले भन्नुभयोे, ‘कोरोना सङ्क्रमणको महामारी हामी व्यवसायी मारमा परेका छौं ।” सानो प्रयासबाट आर्थिक स्थितिलाई सुधार गर्दै लगेका विपन्न परिवारलाई बन्दाबन्दीका कारण पुनः गरीबीको दुष्चक्रमा पर्ने जोखिम बढेको छ ।

धनुषामा करीब २०० किसान ब्रोइलर कुखुरापालनमा व्यवसायमा संलग्न छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्र महासेठले जिल्लामा प्रत्येक महीना एक लाख कुखुरा उत्पादन हुँदै आएको छ । तर, कोरोना महामारीले गर्दा दाना नपाउने र बजारसम्म लान नसक्ने समस्याका कारण व्यवसाय नै धरापमा परेको बताउनुभयो । जिल्लामा कुखुरापालन व्यवसायले करीब एक हजारलाई रोजगारी दिएको मासु व्यवसायी सङ्घ धनुषाका अध्यक्ष हुसैन कवारीले बताउनुभयो ।

यसरी लकडाउन निषेधाज्ञा थपिदै गयो भने बेरोजगारी समस्या सृजना हुनुका साथै कोरोनाले भन्दा पनि भोकमरीले पहिले मरिन्छ कि भन्ने डर भएको अध्यक्ष कवारीले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै