१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लकडाउनका मारमा कुखुरापालन व्यवसाय

१५ भाद्र २०७७, सोमबार १०:१४

भदौ १५, धनुषा । कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ‘कुखुरापालन व्यवसाय’ थलिएको छ । 

चल्ला र कुखुराको बिक्री भारी मात्रामा घटेको छ भने दाना उद्योगहरु पनि बन्द भएका छन् । विगत ६ वर्षदेखि कुखुरापालन व्यवसाय गर्दै आएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका विनोद यादवले भन्नुभयो, “बन्दाबन्दीअघि कुखुराको बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो, बजारको पनि अभाव थिएन । बन्दाबन्दीपछि कुखुराको बिक्री ह्वातै घट्यो, बिक्रीका लागि तयारी अवस्थामा रहेका एक हजार ६०० कुखुरा विक्री भएन, यसले आाफूलाई ठूलो आर्थिक नोक्सानी भएको छ ।” “घरमा भएको दाना सकिँदै जाँदा खरिद गर्नलाई रकमको अभाव भयो । पसलेले उधारोमा दिन पत्याएनन्, करीब ९०० वटा कुखुरा दाना नपाएर म¥यो”, उहाँले भन्नुभयो । दानाको अभावमा कुखुरा धमाधम मर्न थालेपछि बाँकी कुखुरा कम मूल्यमा बिक्री गर्न वाध्य भएको र कतिपय कुखुरा त आफन्तलाई सित्तैमा पनि दिएको यादवले बताउनुभयो ।

बन्दाबन्दीअघि जिउँदो कुखुरा घरबाटै प्रतिकेजी रू. १८० का दरले बिक्री हुन्थ्यो । तर बन्दाबन्दीका कारण दाना नपाएर कुखुरा मरेपछि २ हजार ७०० केजी मासु नष्ट गर्नुपरेको र यसबाट आफूलाई रू. चार लाख ८६ हजार नोक्सान भएको उहाँको दाबी छ । मर्नुभन्दा पहिले वितरण गरेको कुखुराबाट अनुमानित रू. दुई लाखको व्यापार भएको यादवको भनाइ छ ।

यस्तै, जनकपुरधाम उपमहानगरपालिका कनरपट्टीस्थित कृष्ण साहले सञ्चालन गरेको कृष्ण पोल्ट्री फार्ममा गएको माघ ६ गते एक हजार चला ल्याइएको थियो । व्यवसाय बढाउन साहले बैंकबाट ऋण समेत लिनुभयो । फागुन अन्तिमतिर चल्ला बढेर बिक्रीका लागि तयार भयो । तर, चैतको ११ गतेदेखि शुरू भएको बन्दाबन्दीका कारण २५९ वटा कुखुरा मात्र बिक्री गर्न भ्याए, बाँकी ८४१ कुखुरा यत्तिकै खेर गयो । बन्दाबन्दीका कारण डिलरले तयार भइसकेको कुखुरा नलगेपछि प्रतिकिलो रू. ५० मा बिक्री गर्न वाध्य भएको उहाँको भनाइ छ । “बन्दाबन्दीका कारण डिलरले कुखुरा नउठाउँदा लगानी डुब्यो”, उहाँले भन्नुभयो, “कर्जा लिएर गरेको व्यवसाय नै डुब्यो, अब कसरी कर्जा तिर्नु ?”

बन्दाबन्दीअघि साहले प्रतिकिलो रू. १६० देखि रू. १८० मा बिक्री गरेको कुखुरा बन्दाबन्दीपछि प्रतिकिलो रु ५० मा बिक्री गर्नुपरेको बताउनुभयो । बन्दाबन्दीका कारण रू. चार लाख ५४ हजारभन्दा बढी नोक्सानी भएको उहाँको भनाइ छ । सानो लगानीबाट कुखुरा पालेर राम्रो आम्दानी गर्न सफल यादव र साहजस्ता थुप्रै व्यवसायीहरू कोरोना भाइरसको चपेटामा परेका छन् ।

कुखुरापालक व्यवसायीका अनुसार बन्दाबन्दीअघि रू. ३ हजारमा पाइने दानाको मूल्य बन्दाबन्दीमा रू. चार हजारदेखि रू. पाँच हजार ४०० सम्म पुगेको थियो ।  त्यो पनि समयमा पाउन मुश्किल छ । “मर्न लागेको कुखुरा बचाउने कुनै विकल्प थिएनन् । एक हजार कुखुरा एक महीना मात्रै बचाउँदा कम्तीमा रू. पाँच लाखको दाना खान्छ”, व्यवसायी साहले भन्नुभयोे, ‘कोरोना सङ्क्रमणको महामारी हामी व्यवसायी मारमा परेका छौं ।” सानो प्रयासबाट आर्थिक स्थितिलाई सुधार गर्दै लगेका विपन्न परिवारलाई बन्दाबन्दीका कारण पुनः गरीबीको दुष्चक्रमा पर्ने जोखिम बढेको छ ।

धनुषामा करीब २०० किसान ब्रोइलर कुखुरापालनमा व्यवसायमा संलग्न छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जितेन्द्र महासेठले जिल्लामा प्रत्येक महीना एक लाख कुखुरा उत्पादन हुँदै आएको छ । तर, कोरोना महामारीले गर्दा दाना नपाउने र बजारसम्म लान नसक्ने समस्याका कारण व्यवसाय नै धरापमा परेको बताउनुभयो । जिल्लामा कुखुरापालन व्यवसायले करीब एक हजारलाई रोजगारी दिएको मासु व्यवसायी सङ्घ धनुषाका अध्यक्ष हुसैन कवारीले बताउनुभयो ।

यसरी लकडाउन निषेधाज्ञा थपिदै गयो भने बेरोजगारी समस्या सृजना हुनुका साथै कोरोनाले भन्दा पनि भोकमरीले पहिले मरिन्छ कि भन्ने डर भएको अध्यक्ष कवारीले भन्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै