२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बडिगाडमा अबैध ढुंगा गिट्टी उत्खनन् गर्ने स्काभेटर सहित २ जना नियन्त्रणमा

१६ भाद्र २०७७, मंगलवार ०१:४१

कमल पौडेल | भदौ १६, बागलुङ | अबैध रुपमा बडिगाड खोलामा उत्खनन् गरेको भन्दै बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बडिगाड खोलाको बगरमा अवैध गिटि बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित उत्खनन् गर्ने २ जनालाई नियन्त्रणमा लिई मंगलवार विहान पुनः प्रहरी कार्यालय आउने गरि छोडिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ।


विगत केहि महिना देखि स्थानिय छलि विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिई निसिखोला ७ का सुनिल कुँवर र रेशम पुनले सोहि स्थानमा अबैध गिट्टि, बालुवा उत्खनन् गर्दै आएका थिए। गत जेठ ३० गते विक परिवार संग सम्झौता गरि जग्गा भाडामा लिएका सुनिल र रेशमले वडा कार्यालयबाट अनुमति समेत लिएको देखिएको छ। यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ।


उता बडिगाड गाउँपालिकाले अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ। वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकिय अधिकृत थम्मन रेश्मीले बताउनु भएको छ। गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने बताउनु भएको छ।  

गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य