Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओमानबाट सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने

By साझासवाल 4 मिनेट पढाइ

योगेन्द्र योगी | भदौ १६, दोहा | ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

ओमानस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने तोकिएको प्रावधान अनुरुप स्वदेश फर्कन लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाएकाहरूलाई प्राथमिकताका आधारमा नेपाल जान आगामी सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने भएको छ ।

उक्त उडानबाट स्वदेश लागि नेपाल सरकारले तोके बमोजिम कोभिड-१९ को ७२ घण्टाभित्रको पीसी आर नेगेटिभ रिपोर्ट हुनु पर्नेछ। सलाम एयरको उडानको एकतर्फी भाडादर ११५ ओमानी रियल लकेज २० केजी तथा ७ केजी ह्यान्ड ब्याग तोकिएको दूतावासले जनाएको छ ।

उक्त उडानबाट स्वदेश फर्किनेहरुको नामावली प्राथमिकताको आधारमा चाँडै प्रकाशन गरिने छ तथा कोभिड-१९ को परीक्षण र टिकट सम्बन्धी विस्तृतमा अर्को सूचनामा खुलाइने दूतावासले जनाएको छ ।

सलाम एयरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको आफू कार्यरत कम्पनीबाट वा सलाम एयरको नेपालको कार्यालय वा ओमानमा सलाम एयरको कार्यालयमा सम्बन्धित कागजात सहित इमेल गर्नुहुन वा ७११७७८९२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध छ।

स्वदेश फर्किन नाम टिपाएका हरूलाई क्रमश नेपाल लैजान यही सेप्टेम्बर २५ मा अर्को उडान हुने र सेप्टेम्बर महिनामा नै थप उडान गर्ने गरी नेपालको सम्बन्धित निकायहरूसँग समन्वय भै रहेकोले अन्य उडानहरूबारे पनि चाँडै अर्को सूचना प्रकाशित गरिने जनाएको छ ।