२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भेरी करिडोर : १३ ठाउँमा पुल निर्माण शुरु

१६ भाद्र २०७७, मंगलवार ०४:३४

भदौ १६, जाजरकोट । लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माणकार्य अगाडि बढेको छ । यस सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम शुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेखोला, छर्रेखोला,  नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताउनुभयो ।

त्यस्तै सोमबार डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमख भट्टको भनाइ छ । रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माणकार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख भट्टले भन्नुभयो । त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुई पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पक्की पुलको काम शुरु भइरहेको छ ।

यहाँका पुल, पुलेसाहरु निर्माण चरणमा पुग्दा जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारण खुशी भएका छन् । यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुल पुलेसा नहुँदा जोखिमपूण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारणहरु वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–१२ का बुद्धिबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु । निकै खुशी लागेको छ ।”  पुल निर्माण कार्यसँगै जाजरकोट–डोल्पा सडकखण्डमा कालोपत्रको कामले समेत गति पाएको छ । 

अहिले पासागाडबाट रिम्नासम्मको सडकमा कालेपत्रको काम चालु अवस्थामा छ । यो सम्पन्न हुनेबित्तिकै अगाडि कालोपत्रको काम शुरु हुने प्रमुख भट्टले जानकारी दिनुभयो । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने अवसर र चुनौती दुवै रहेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । गाउँ, समाज समृद्ध नभई हामी समृद्ध नहुने निश्चित छ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”

अहिले पुल नहुँदा १३ ठाउँमा सवारी साधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ । तुइनमा राखेर यातायातका साधनहरु भेरी नदीमा वारपार गरिँदै आएको छ । आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । 

सडक हस्तान्तरणपछि पुल निर्माण शुरु 

भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय मार्ग पनि हो । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्र्याकओपन’ गरेको यो सडक अघिल्लो वर्षमात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।

एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना (११७ मेगावाट) र जगदुल्ला जलविद्युत् आयोजना (१०६), ताँसुगाड जलविद्युत् आयोजना (४.५ मेगावाट) र भेरी ए, बी, सी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सवस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य