२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पचास प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा

१६ भाद्र २०७७, मंगलवार ०५:३०

भदौ १६, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाका पाँच वडाले ५० प्रतिशत छुट गराउँदै स्थानीयवासीको स्वास्थ्य बीमा गरिरहेका छन् । वडाका बासिन्दाको स्वास्थ्य सुरक्षामा चासो राख्दै ती वडाले हाल ‘कोरोना बीमा’का लागि सिफारिस दिन थालेका हुन् ।

हाल नगरका २, ३, ४, ५ र ९ नम्बर वडाले ५० प्रतिशत प्रिमियम रकममा स्थानीयवासीको बीमा गर्न सोमबारदेखि सिफारिस गर्न थालेका हुन् । कोरोना बीमाका लागि रु एक लाखको बिमाङ्क रकम बराबर रु ६०० प्रिमियम तिर्नुपर्छ तर वडा कार्यालयको सिफारिसमा ५० प्रतिशत छुट अर्थात् रु ३०० प्रिमियम तिरेपछि स्थानीयवासीको कोरोना बीमा हुने वडा नं ४ का वडाध्यक्ष सुन्दर लामाले बताउनुभयो । 

“बीमा कम्पनीले नै प्रिमियम रकममा ५० प्रतिशत छुट गरिदिएको हो, यसका लागि वडाले सिफारिस गर्नुपर्ने नियम बनाइएको छ”, लामाले भन्नुभयो । उहाँका अनुसार वडाका बासिन्दाले कोरोना बीमा गर्न चाहेको बताएपछि वडाले सिफारिस गर्नेछ र वडाको सिफारिस ल्याएका स्थानीयवासीको बीमा कम्पनीले प्रिमियम रकममा ५० प्रतिशत छुटसहित बीमा गर्नेछन् । सोमबार आफ्नो वडाको ११ जनाको सिफारिस गरिएको लामाले बताउनुभयो ।

लामाका अनुसार बीमित वडाका बासिन्दामा कोरोना सङ्क्रमण पुष्टि भएपछि रु एक लाख बीमा रकम पाउनेछन् । उहाँले आफ्नो वडाका १२८ एकल महिलाको पनि कोरोना बीमा गराइदिने योजना बनाउनुभएको छ । “मैले व्यक्तिगत खर्चमा उहाँहरुको बीमा गराउन थालेको छु, एकल महिलाको पहिचान भइसकेको छ, अब बीमा प्रक्रिया थाल्नेछु”, उहाँले भन्नुभयो । उहाँले बीमा कम्पनीको ५० प्रतिशत प्रिमियम रकम छुटमै एकल महिलाको समेत बीमा गराइने बताउनुभयो । स्थानीय रञ्जन लामिछानेले पाँचखालका केही वडाले ५० प्रतिशत छुटमा वडाका बासिन्दाको बीमा गर्न शुरु गरेकोमा खुशी हुँदै सबै नगरका वडाले यो अभियान थाल्नुपर्ने बताउनुभयो । 

अजोड नामक बीमा कम्पनीले हाल पाँचखालका पाँच वडाका बासिन्दाको ५० प्रतिशत प्रिमियम छुटमा कोरोना बीमा गर्न थालेको हो । बीमा कम्पनीको नियमानुसार कोरोना बीमाअन्तर्गत पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि रु एक लाख बीमा रकम प्रदान गर्ने नियम छ । यसका लागि रु ६०० प्रिमियम रकम तिर्नुपर्छ ।

 स्वास्थ्यप्रति सचेत गराउँदै वडाका बासिन्दाको स्वास्थ्य सुरक्षाका लागि छुटमा कोरोना बीमा गराउन थालिएको पाँचखाल–२ का वडाध्यक्ष हरि खतिवडाले बताउनुभयो । “अतिविपन्नलाई यसले निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले प्रारम्भिक चरणमा वडाका बासिन्दामा बीमाबारे सचेत गराई बीमाका लागि प्रेरित गरिने बताउनुभयो । 

पाँचखाल नगरमा हालसम्म आठमा कोरोना सङ्क्रमण देखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म २७५ जनामा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार हाल सङ्क्रमितमध्ये १०३ उपचारपछि घर फर्किएको र १७० जना अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य