२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जान ‘एनओसी’ चाहिने, यस्तो छ प्रक्रिया (विज्ञप्ति सहित)

२०७७, १७ भाद्र बुधबार १५:१७

भदौ १७, काठमाडौँ | वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै गत फागुन २९ गते अघि मागपत्र प्रमाणित भइ पूर्वस्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासाबट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ । 

यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधारिक इमेलमा प्राप्त भएको हुनुपर्ने विभागले जनाएको छ ।

यही भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो । वैदेशिक रोजगार कार्यालय ताहाचलले काठमाडौँको निषेधाज्ञा खुलेपछि श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । सरकारले यसअघि देखि नै बिदामा आएका नेपालीलाई काममा फर्कन पुनः श्रम स्वीकृति दिँदै आएको छ । 

हेर्नुहोस् विज्ञप्ति  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी