२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने

२०७७, १९ भाद्र शुक्रबार ०५:२४

भदौ १९, काठमाडौं । कतारले राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र कतार आईडी एक वर्षको लागि नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले दूतावासलाई गत अगष्ट ३१ मा एक परिपत्र गर्दै यसका बारेमा जानकारी गराएको हो ।

यसैगरी भिजिट भिषा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्थाका बारेमा जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । कतारस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा सूचना प्रकाशित गर्दै राहदानीको म्याद सकिएको एक वर्ष ननाघेकाहरुलाई कतार आईडी तथा भिषा नवीकरण गर्न कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । यस्तो व्यवस्था कोभिड १९ को कारणले राहदानी जारी तथा नविकरण गर्न समस्या भएको हुनुसक्ने अवस्थाका कारण लागू गरिएको पनि दूतावासले जनाएको छ ।

यसअगाडी कतारले अगष्ट ३० मा रोजगारदाता परिवर्तन गर्न रोजगारदाताको नो अव्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने तथा न्यूनतम ज्याला तोक्ने काम गरिसकेको छ । सो नयाँ दुई कानून आगामी ६ महिनाभित्रमा लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई