2026-09-25 02:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केकालाई उद्यमी बनाउन नगरपालिकाले ३ लाखसम्म निर्व्याजी ऋण दिने

भदौ २१, काठमाडौं । कोभिड-१९ का कारण सिर्जित रोजगारी अभावलाई मध्यनजर गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाले युवालाई उद्यमी बनाउने उद्धेश्यले मेयर उद्यमशीलता विकास कार्यक्रमको तयारी गरेको छ । सो कार्यक्रम अन्तर्गत ३ सय युवालाई ३ लाखसम्म ऋण उपलव्ध गराउने नगरपालिकाको योजना छ ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रका अनुसार नगरपालिका भित्रका २१ देखि ५० वर्ष उमेर समूहका र उद्यमी बन्न चाहनेहरु सो कार्यक्रममा संलग्न हुन र उद्यमी बन्न सक्नेछन् । यसमा वैदेशिक रोजगारबाट फर्केकाहरु तथा स्वदेशमा नै रहेका र रोजगारीको खोजिमा रहेकाहरु सहभागी हुन पाउनेछन् । ऋण लगानीका विषयमा सो नगरपालिका र नेपाल बैंकबीच सहमति जुटेको छ ।

सो कार्यक्रममा सहभागि हुनेहरुले सुरुमा आफूले गर्न चाहेको उद्यम, त्यसका लागि लाग्ने लागत, ऋण चुक्ता लगायतको योजना बनाउनु पर्नेछ । कुनै सीप आवश्यक परेमा नगरपालिकाले नै त्यसका लागि व्यवस्था गर्नेछ ।

स्वीकृत भएका अवधारणा पत्रका आधारमा नगरपालिकाको सिफारिसमा नेपाल बैंकले अधिकतम ३ लाखसम्म ऋण सुविधा उपलव्ध गराइदिन्छ । यसका लागि ऋण लिने व्यक्तिले कुनै धरौटी राख्नुपर्दैन । नगरपालिकाले नै जमानी बसेर उपलव्ध गराइदिने ऋणको व्याज समेत ५ बर्षसम्म नगरपालिकाले नै तिरिदिने भएको छ । तर सो समयाविधि भित्रमा ऋणको साँवा भनें ऋण लिने व्यक्तिले नै किस्तावन्दीमा भुक्तानी गर्नुपर्दछ ।

नगरप्रमुख मिश्रका अनुसार यसका लागि नगरपालिकाले नेपाल बैंकमा ३ करोड रकम मुद्धती खातामा जम्मा गरिदिनेछ भनें बैंकले कुल ९ करोडसम्म ऋण प्रवाह गर्ने सहमति भएको छ । कोभिड १९ को संक्रमण फैलिएर जारी निषेधाज्ञाका कारण कार्यक्रम सुरुवातमा केहि ढिलाई भएपनि यहि भदौ महिनाभित्रमा नै यसको सुरुवात हुने नगरप्रमुख मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान