२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आर्थिक अभावले उपचारमा समस्या

२२ भाद्र २०७७, सोमबार ०५:३२

भदौ २२, कावासोती । आर्थिक अभावका कारण  हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ । 

दुई वर्षअघि पाठेघरमा क्यान्सर भएको थाहा पाएपछि चिकित्सकले उपचारका क्रममा पाठेघर फालिदिएका  थिए । त्यसपछि दुई पटक किमो चढाइएको थियो । शुरुमा रोग पत्ता लगाउन र उपचारमा भौँतारिदा करिब रु १० लाख खर्च भएको उहाँका श्रीमान् सन्तबहादुर नेपालीले बताउनुभयो । पहिलो पटक निःशुल्क किमो चढाएकोमा दोस्रोपटक वडा नम्बर ४ को संयोजनमा आर्थिक सङ्कलन गरी उपचार गरिएको श्रीमान् सन्तबहादुरले बताउनुभयो ।

श्रीमतीको उपचार गराउँदा गराउँदै आफ्नो नाममा भएको जग्गासमेत बेचेर सकिएको र अहिले केही पनि आम्दानी नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ । अहिले सम्पत्तिका नाममा सानो घर रहेको र त्यो पनि बैंकमा धितो रहेको उहाँले दुखेसो पोख्नुभयो । 

वडा सदस्य नेपालीलाई फेरि पनि किमो चढाउनुपर्ने र त्यसका लागि पैसा नभएपछि उहाँ बिस्तरामा थलिनुभएको छ । दई महिनाअघि सन्तबहादुर स्वयं बिरामी पर्नुभएको थियो । उहाँलाई अल्सर र पित्तथैलीमा समस्या देखएिपछि बल्लतल्ल उपचार गराएकोमा अहिले पुनः श्रीमतीलाई समस्या देखिएपछि यो परिवार समस्यामा परेको छ । पन्ध्र दिनदेखि ओछ्यानमा श्रीमती थलिएपछि श्रीमान् सन्तबहादुरले हेरचाह गर्दै आउनुभएको छ तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन भने सक्नुभएको छैन ।

वडा कार्यालयबाट यसअघि पनि आवश्यक सहयोगका लागि समन्वय गरेको र अहिले पनि सहयोग सङ्कलनका लागि आवश्यक समन्वय गरको हुप्सेकोट–४, का वडाध्यक्ष रोशन थापाले बताउनुभयो । श्रीमान्  सन्तबहादुरले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सहयोगका लागि सुमित्रा नेपालीको नाममा एनसीसी  बैंक हुप्सेकोट शाखामा रहेको खाता नम्बर इ ०००५३२४२५५ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । वडा सदस्य नेपालीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले  उहाँका श्रीमानको मोवाईल नम्बर  ९८०५४५३५८५ मा  सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सक्नेछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य