२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाधिवेशनमा मुखमा पर्वत काँग्रेसलाई झड्का, नेताहरु नेकपामा प्रवेशको लहर

२२ भाद्र २०७७, सोमबार १५:०९

कुश्मा नगरपालिकाका विभिन्न वडाका युवाहरु नेकपा प्रवेश गरेका  छन् ।नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी लगायतले टिका र खाँदा लगाएर नेकपामा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा कुश्मा( ५ का दिपक श्रेष्ठको नेतृत्वमा श्रेष्ठ सहित संगम श्रेष्ठ, मक्तार अली, मोहम्वद अली, कुश्मा २ का सागर पौडेल, कुश्मा ५ कै विकास बोहोरा, रोशन बोहोरा, दिवस बोहोरा, कमल कुँवर, सुजल श्रेष्ठ, प्रदिप परियार, अविनास सुनार, योगेश पुन, विवेक पुन र संगम पौडेल रहेका छन् । त्यसैगरी कुश्मा नगरपालिका वडा नं। ८ चुवाबाट नेपाली काँग्रेस छाडेर इन्द्रबहादुर क्षेत्री, सुदिप लामा, गोपाल जिसी, सजिन केसी र कृष्ण जिसी नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरीले न कुनै अधिवेशन न कुनै निर्वाचन दलहरुबीच कुनै प्रतिस्पर्धानै नभएको बेला युवाहरु स्वत स्फुर्त रुपमा काँग्रेस परित्याग गरेर मुलुकको ठुलो दल नेकपामा प्रवेश गर्नु स्वागतयोग्य रहेको बताउँदै अब कत्तिपति विचलीत नभई सक्रिय राजनीतिमा लाग्न आग्रह गर्नुभयो । नेकपाको बहुमतको सरकारले गरेका राम्रा कामकै कारण बेमौसममा पनि नेपकाप्रति आम कार्यकर्ताहरुको आकर्षण बढेको बताउँदै नवप्रवेशीहरुलाई पार्टीले महत्वपुणर् जिम्मेवारी दिने बताउनुभयो । उहाँले नेकपाको सरकारले गरेका सकारात्मक काहरुलाई तल्लो तहसम्म पुर्‍याउन नसक्दा विपक्षिले भ्रम छरिरहेको बताउँदै यस्ता भ्रमहरुलाई चिर्दै मुलुकको हित, विकास र समृद्धिका लागि दृढ भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नवप्रवेशी युवा दिपक श्रेष्ठले विगतमा गतल पार्टीमा लागेर ठुलो भुल गरेको बताउँदै युवाहरुको शशक्तिकरण र जागरणका लागि नेकपामा लागेर निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रमको संचालन नेकपा पर्वतका कार्यालय सदस्य गोविन्द पहाडीले गर्नुभएको थियो । कार्यक्रममा युवा नेताहरु शिवप्रसाद पौडेल, शंकर गिरी, सुवासचन्द्र पौडेल, अमर सुनार थमनारायण पौडेल, अर्जुन निर्जन पौडेल, नवराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ