तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन ।

 ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन ।

 ज"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तल्लो मोदी जलविद्युत आयोजनाका मजदुर आन्दोलित

२३ भाद्र २०७७, मंगलवार ०८:१८

भदौ २३, पर्वत  तलव बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।

 जलविद्युत आयोजना सम्पन्न गर्ने समय सकिएपनि अझै आयोजनाले पूर्णता पाएको छैन । आयोजनाको टनेलभित्र पानी चुहिएका कारण मर्मतकार्य अहिले जारी छ । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा पटक पटक मजुदर कर्मचारीले आन्दोलन गर्दै आएका कारण तोकिएकै समयमा आयोजनाले उत्पादन दिन सकेको छैन । परीक्षण उत्पादनको तयारीमा रहेका बेला टनेलभित्र पानी चुहिएपछि अहिले मर्मत कार्य जारी छ ।

कुश्मा नगरपालिका–८ चुवाको परादीस्थित विद्युतगृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो सुरुङको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो । 

हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ हुने भएको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली