2026-09-08 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो

भदौ २४,  बनेपा । पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उहाँले भन्नुभयो, “हाम्रै वरिपरि पनि यस्तो राम्रो झरना रहेछ, धेरै खुशी र आनन्द लाग्यो ।” त्यहाँसम्म पुग्नको लागि बाटो असहज भएपनि झरना आकर्षक भएकाले त्यसको लागि स्थानीय सरकारले पर्यटन प्रबद्र्धनमा ध्यान दिए पर्यटकको आकर्षक थलो बन्ने उहाँको भनाइ छ ।

बनेपाका सुमन मानन्धरले पनि साथीसँग सो झरनामा रम्न पाउँदा निकै आनन्द लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “झरना हेर्न जाने अवसर मिल्यो, धेरै राम्रो रहेछ । यो ठाउँलाई पर्यटन प्रबद्र्धनको लागि योजनाबद्ध रुपमा विकास गर्न आवश्यक छ ।” धेरै मासिनको भीड लाग्ने गरेको कारण सवारी पार्किङको व्यवस्थापनसहित अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । “ठाउँ समणीय भएको कारण त्यहाँका तस्बिर मात्रै देख्नेहरु पनि जान मन गर्नेछन्”, मानन्धरले भन्नुभयो ।

बनेपाकै अर्का स्थानीय यादव फैंजु पनि आफ्ना सात साथीका साथमा सो झरना अवलोकन गर्न त्यहाँ पुग्नुभयो । “सामाजिक सञ्जालमा धेरै प्रचार भएको देखेपछि झरना अवलोकन गर्न आइतबार गएको थिएँ, धेरै आकर्षक र मनमोहक लाग्यो”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा देखेकोभन्दा वास्तविकता अझै सुन्दर पाएँ ।” त्यहाँसम्म पुग्ने यातायातको सहज व्यवस्था बनाएको खण्डमा प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटनको पहिलो गन्तब्य बन्ने फैंजुले बताउनुभयो । बनेपा–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघ हुँदै काफलडाँडासम्म अच्ची मोटरबाटो गएपछि करिब एक किलो मिटर गोरेटो बाटो हिडेपछि सो झरनामा पुग्न सकिन्छ ।

झरना अत्यन्तै मनमोहक भएको कारण केही दिन यतादेखि रोशी–२ मा रहेको ‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो लाग्दै आएको छ । कोरोना कहरकै बीचमा पनि विशेषगरी शहर बजार क्षेत्रका मानिस घुम्न त्यहाँ पुग्ने गरेका हुन् । महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ । स्थानीय सरकारले कोरोनाको सङ्क्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ । पर्यटकीय झरनामा बन्दाबन्दीको पछिल्लो समयमा टाढाटाढाबाट हुने आगमन बढेको कारण सङ्क्रमण फैलिन सक्ने भन्दै नयाँ मानिसको आगमन नगर्न आग्रह गरेपनि दैनिक रुपमा मोटरसाइकलमा झरना हेर्न आउनेको भीड उतिकै रहेको वडा नं. २ का वडा अध्यक्ष पोते लामाले बताउनुभयो । “दैनिक २०० सम्म मोटरसाइकल आउने गरेका छन् । कोरोना सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता अपनाउन प्रयत्न गरेपनि झरना हेर्न आउनेको घुँईचो उतिकै छ ।” उहाँले भन्नुभयो, “पछिल्ला समयमा दैनिक चार/पाँच सय झरनामा आउने गरेका छन् ।” तीन वर्ष अगाडि ड्रोनमार्फत दृश्य कैद गरेर प्रचार/प्रसार गर्न थालेपछि विस्तारै पर्यटन आगमन बढ्न थालेकोमा अहिले धेरै बृद्धि भईसकेको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले पालिकाभित्रको पर्यटकीय क्षेत्रको सम्भावित ठाउँको पहिचान गरी पर्यटन प्रबद्र्धनको काममा लागिपरेको बताउनुभयो । त्यसमध्ये तीनधारे झरनाको लागि यसै आर्थिक वर्षमा पनि बजेट छुट्याईसकेको र पर्यटन प्रबद्र्धनको लागि पर्यटन बोर्डसँग समन्वय गरेर काम गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यससँगै सो क्षेत्रको लागि वडा नं ३ मा रहेको गुरु रेन्पोछे (गुरु पद्मसम्भाव) को मूर्ति र सो ठाउँबाट पूर्वपट्टि करिब एक किलोमिटर अगाडि रहेको महाङ्काल देवीस्थान धार्मिक पर्यटनको लागि उपयुक्त स्थल रहेका छन् । सो झरनासँगै पर्यटन विकासको सम्भावना बोकेको ताराखासे लेक अर्को पर्यटन प्रबद्र्धनको सम्भावना बोकेको क्षेत्र रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल