२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको १० घरघुरी पहिराका कारण उच्च जोखिममा

२४ भाद्र २०७७, बुधबार ११:१०

भदौ २४, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको राम्कुलीबोटमा पहिरो जाँदा १० घरधुरी उच्च जोखिममा परेका छन् ।  बस्ती माथिबाट खसेको पहिरोका कारण बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासीको भनाइ छ । “गाउँको सिरानमा पहिरो आएकाले बस्ती नै जोखिममा परेको छ”, स्थानीयवासी कृष्ण गुर्बजाले भन्नुभयो, “बस्ती नै जोखिममा परेपछि सबै जना त्रसित भएका छन् ।” 

भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ । पहिरोका कारण कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिङ गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो । “उनीहरुको घर चर्किएको छ, बस्ती नजिकैको जमिन पनि चिरा चिरा परेको छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रणका लागि तत्काल आवश्यक पहल नगरे कुनै पनि बेला थप क्षति हुन सक्छ ।” 

पहिरोले दर्मिजा लैजोनमा विद्युत्का आठ वटा पोलमा क्षति पुगेको छ भने दग्नाम गाउँको २ वटा पोलमा असर गरेको छ । पहिरोले देउमान गर्बुजाको गोठमा ढुङ्गामाटो थुप्रिएको छ । त्यस्तै यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजालगायत स्थानीयवासीको खेतबारी समेत पुरेको छ । पहिरो नियन्त्रण तथा क्षतिको विवरण सङ्कलन गरिने रघुगङ्गा गाउँपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ