2026-09-13 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको १० घरघुरी पहिराका कारण उच्च जोखिममा

भदौ २४, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको राम्कुलीबोटमा पहिरो जाँदा १० घरधुरी उच्च जोखिममा परेका छन् ।  बस्ती माथिबाट खसेको पहिरोका कारण बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासीको भनाइ छ । “गाउँको सिरानमा पहिरो आएकाले बस्ती नै जोखिममा परेको छ”, स्थानीयवासी कृष्ण गुर्बजाले भन्नुभयो, “बस्ती नै जोखिममा परेपछि सबै जना त्रसित भएका छन् ।” 

भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ । पहिरोका कारण कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिङ गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो । “उनीहरुको घर चर्किएको छ, बस्ती नजिकैको जमिन पनि चिरा चिरा परेको छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रणका लागि तत्काल आवश्यक पहल नगरे कुनै पनि बेला थप क्षति हुन सक्छ ।” 

पहिरोले दर्मिजा लैजोनमा विद्युत्का आठ वटा पोलमा क्षति पुगेको छ भने दग्नाम गाउँको २ वटा पोलमा असर गरेको छ । पहिरोले देउमान गर्बुजाको गोठमा ढुङ्गामाटो थुप्रिएको छ । त्यस्तै यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजालगायत स्थानीयवासीको खेतबारी समेत पुरेको छ । पहिरो नियन्त्रण तथा क्षतिको विवरण सङ्कलन गरिने रघुगङ्गा गाउँपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले