2026-09-12 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१८० बिघामा नगर बगैँचा, पर्यटन प्रवद्र्धनमा जोड

भदौ २८, सर्लाही । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ ।

नगरको आयआर्जनका रूपमा विकास गर्नसके यस नगर बगैँचाले बेरोजगार सयाँै नागरिकलाई रोजगारी सिर्जना गर्ने नगरप्रमुख भरतकुमार थापाले बताउनुभयो । विकासलाई रोजगारमुखी बनाउनु अपरिहार्य रहेको भन्दै विकाससँगै रोजगारीको सिर्जना पनि गर्ने काममा वाग्मती नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।

बगैँचाका कारण नगरले यहीँ उत्पादन हुने फलफूलका लागि अन्यत्र निर्भर हुन नपर्ने उहाँको भनाइ छ । नगरले वार्षिक करोडाँैको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायतको व्यवस्थापनमा समेत नगरले मुख्यरूपमा ध्यान दिइरहेको उपप्रमुख लीला मोक्तानले बताउनुभयो । नगरको विकासका लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नुपर्ने भएकाले पनि यो योजना अपरिहार्य रहेको जनप्रतिनिधिको भनाइ छ । आजलाई भन्दा पनि भोलिको भविष्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताउनुभयो ।

बगैँचामा तराईको ठाउँमा हुने आँप, लिची, कटहरलगायतका फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेलका लागि स्थानीयस्तरमा रोजगारी पनि सिर्जना भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने नगरको जिकिर छ । एकातर्फ वातावरण संरक्षण र अर्कोतर्फ आम्दनीको राम्रो स्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफूलका बिरुवाहरु रोप्ने काम भइरहेको र ती बिरुवाको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन