२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बिनामारे पहिरो : बेपत्ता वृद्धाको शव फेला

२८ भाद्र २०७७, आईतवार ०६:०५

भदौ २८, बलेवा । अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता  भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ ।

पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उहाँका छोरी देवी शर्मा सामान्य घाइते हुनुहुन्छ । उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिनुभयो । पहिराले सो नगरपालिकामा चार घर पुरेको छ । दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताउनुभयो ।

टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन् । पहिराले तीनवटा गोठमा समेत क्षति पुर्याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताउनुभयो । पहिराको थप विवरण आउन बाँकी छ । जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् । बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य