2026-10-23 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोशीपीडित बाह्र वर्षसम्म पनि टहरामै

देवेन्द्र कार्की । भदौ २९, धरान। विसं २०६५ अघि पक्की घर भएका कोशी गाउँपालिका–३ स्थित नहरचोकका नुर अन्सारी अहिले फुसको छानाको घरमा बस्नुहुन्छ । बाढीका कारण घरघडेरी र जग्गाजमिन गुमाएपछि उहाँ नहरचोकमा फुसको छाना लगाएर बस्दै आउनुभएको छ ।

सप्तकोशीको बाँध फुटेको १२ वर्ष बित्दा सरकारले दिएको ५० हजार रुपैयाँबाहेक राहतका नाममा अरू केही नपाएको उहाँको गुनासो छ । सरकामा आफ्ना मान्छे र पहुँच हुनेहरुले राहत पाए तर पहुँच नपुग्ने वर्ग अझै पनि राहत पाइन्छ कि भन्ने आशामै छन्, अस्थायी टहरामा रात बिताइरहेका छन् । प्रभावितमध्ये अधिकांश एक वर्ष शिविरमा बसेर घर फर्किएका थिए । 

यो समयमा श्रीपुर, जग्दी कुसाहालगायतका स्थानमा २०६५ सालको बाढीअघि धानका बाला लहलह हुन्थ्यो । तर यसबेला कोशीपीडितको जग्गामा बालुवा छ । कोशी गाउँपालिका–३ पश्चिम कुसाहाका हकिम अन्सारीको खेतमा यतिबेला धान हुन्थ्यो । एक बिगाहा जमिनमा उब्जाएको धानले उहाँको परिवारलाई वर्षभरि खान पुग्थ्यो । तर उहाँलाई यति बेला खान लाउनको समस्या छ । 

विसं २०६५ भदौ २ गते सप्तकोशी नदिले सुनसरीको पश्चिम कुसाहाको पूर्वी तटबन्ध भत्काएर गाउँ पुग्दा सात हजार ५७२ घरपरिवारका ४२ हजार ८०० नागरिक विस्थापित भएका थिए । नुर अन्सारी पनि तीमध्येका एक पीडित हुन् । सुनसरीको खेतीयोग्य पाँच हजार ५०० हेक्टर जमिन बालुवामा परिणत भएको थियो ।

सप्तकोशी नदीले १२ किमी कालोपत्र सडक र १३ किमी कच्ची सडक बगाउँदा लामो समयसम्म यातायात अवरुद्ध हुनुका साथै दर्जनाँैं विद्युत्का पोल क्षतिग्रस्त भएको थियो । त्यसबेला देशको पूर्वी क्षेत्र छुट्टै राज्य जस्तो भएको थियो भने सडक यातायात अवरुद्ध हुँदा सप्तकोशी पूर्व र पश्चिम आवतजावत गर्न भारतको बाटो भएर जानु पर्दथ्यो । अथवा ज्यान जोखिममा पारेर डुङ्गाको यात्रा गर्नुपर्दथ्यो । सप्तकोशी नदीले त्यसबेला भारतको विहार राज्यको १८ वटा जिल्लालाई डुबाएको थियो र बाढीबाट ३३ लाख मानिस प्रभावित भएका थिए । सप्तकोशी भदौ २ गते दिउँसो १२ बजेर ४४ मिनेटमा मानवबस्तीमा प्रवेश गरेको थियो । त्यस दिनदेखि माघ १३ गतेसम्म मानवबस्तीमा बगेको थियो । यही दिनलाई बाढीपीडितले कालो दिन भन्दै आएका छन् । 

उनीहरुलाई राहत तथा उद्धार गर्न पूर्वकृषिमन्त्री नन्दन दत्तको संयोजकत्वमा बनेको उच्चस्तरीय आयोगले जग्गाको मुआब्जा र क्षतिपूर्ति भराउन सरकारलाई सिफारिश गरेको थियो । सोहीअनुसार एक अर्ब ६६ करोड पीडितका लागि आए पनि सबै पैसा पीडितले नपाएको कोशी बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताउनुभयो । 

 केही कोशी प्रभावितको अवस्था अहिले पनि जस्ताको त्यस्तै रहेको मण्डल बताउनुहुन्छ । बाढी आएर बस्ती सखाप पारेको १२ वर्ष बित्दासमेत पीडितका लागि भनेर आएको रकम पाएका छैनन् । मण्डलका अनुसार २०६५ चैत १७ गतेको मन्त्रिपरिषद्को बैठकले ३६ सय बिगाह जग्गाको क्षतिपूर्ति दिने, घर निर्माण गर्न प्रत्येकलाई ३० क्युफिट साँखुको काठ, ५७८ घरपरिवारलाई घर मर्मत गर्न २० हजारको दरले रकम र एक हजार ४२२ जना सुकुम्बासीलाई दुई कठ्ठाका दरले जग्गा उपलब्ध गराउनका लागि एक अर्ब ६६ करोड रकम निकासा गरेको थियो । तर आफैँ मुआब्जा नपाएको मण्डलले बताउनुभयो । करिब एक हजार ९०० पीडितलाई काठ वितरण गरेर बाँकीलाई नदिएको पीडितले बताएका छन् । पीडितप्रति परिवार ३० क्युफिट साँखुको काठ दिने भनेर मन्त्री परिषद्बाटै निर्णय भएको मण्डलको भनाइ छ । “पीडितलाई राहतका लागि हामी स्थानीय, प्रदेश तथा सङ्घीय सरकारका धेरै निकाय धायौँ तर राहत पाइएन”, अध्यक्ष मण्डलले भन्नुभयो, “हामी आफ्नो सम्पत्ति भएर पनि सुकुम्बासी भयौँ तर राज्य जनता सुकुम्वासी भएको हेरेर बस्यो ।” 

कोशीपीडित आज १२ वर्षसम्म पनि राज्यविहीनताको अनुभव गरेर टहरोमा दिन गुजार्दै छन् । प्रदेश नं १ का वनमन्त्री जगदिश कुसियतलाई पीडितले कोशी कटान क्षेत्रमै ल्याएर कार्यक्रम गर्दा पनि उहाँले काठ नदिलाएको गुनासो गरे । बाढी प्रभावित क्षेत्रबाट विजयी कुसियत हाल मन्त्री हुनुहुन्छ । 

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले प्रक्रिया पूरा गरेकाले राहत पाएको र नपुर्याउनेले नपाएको हुनसक्ने बताउनुहुन्छ । दैैविप्रकोप राहत कोषमा उहाँहरुलाई उपलब्ध गराउन पर्याप्त रकम नरहेको उहाँले बताउनुभयो ।  

सप्तकोशी नदीले गरेको महाविनाशले त्यसबेलाको सुनसरीको साविक पश्चिम कुशाह गाविसस्थित तटबन्ध भत्काएर हरिपुर, श्रीपुर र पश्चिम कुशाह पूर्णरुपमा क्षति पु¥याएको थियोे । लौकही, मधुवन, वसन्तपुर र घुस्कीकाकेशी स्थानमा आंशिक क्षति पुर्याएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने