2026-08-31 06:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जारी छ क्रिकेट रङ्गशालाको काम

भदौ २९, चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ ।  कार्यरत मजदुरलाई रङ्गशाला परिसरमा नै बस्ने व्यवस्था गरेर कामलाई निरन्तरता दिइएको हो । गत चैत ९ गतेबाट रोकिएको काम गत बैशाख २० गतेबाट पुनः थालिएको थियो । भरतपुर महानगरपालिकासँगको सहकार्यमा धुर्मुस–सुन्तली फाउण्डेसनले रङ्गशाला निर्माण गरिरहेको छ । हाल रङ्गशालामा १ सय ५० मजदुरले काम गरिरहेका छन्   

निर्माणाधीन रङ्गशालाका निमित्त परियोजना व्यवस्थापक मणी दाशका अनुसार रङ्गशाला  प्याराफिटका लागि पिल्लर उठाउने क्रम जारी छ । यसका लागि पिसिसी गर्ने काम लकडाउनअघि नै सकिएको थियो ।  अहिले पिल्लरको काम  भइरहेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बि’ को काम भैरहेको छ । ती मध्ये “ए” प्याराफिटमा १ सय ५ वटा पिल्लर उठाएर ढलानको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । “ए” प्याराफिटमा १ सय १० वटा पिल्लर रहने छन् । त्यसैगरी “बी” प्याराफिटमा हुने १ सय १० पिल्लर मध्ये १९ वटाको जग हालिएको उहाँले जानकारी दिनुभयो । एक लाइनमा पाँचवटा पिल्लर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डिपिसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने पाँचौ पिल्लर २१ मिटर उचाइको हुने छ ।  दुई प्याराफिटमा १५÷१५ जनाको हजार क्षमता हुने छ ।  मनसुन रोकिए लगत्तै भुइको काम गर्ने तयारी गरिएको छ । मौषमका कारण पानी जमेकाले पिल्लर उठाउनका लागि खनिएका खाल्टाको पानी फाल्न दैनिक २० वटा पम्प प्रयोग गरिएको  छ । यस वर्ष धेरै पानी परेकाले काममा कठिनाइ परेको जनाइएको छ  । 

रङ्गशाला  निर्माणमा गत साउन मसान्त सम्म रु २३ करोड ७४ लाख ६४ हजार खर्च भइ सकेको छ । परियोजनाका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हाल सम्म रु १८ करोड ५३ लाख ४२ हजार मात्र सङ्कलन भएको छ । गत असार मसान्त सम्म रु ९९ लाख ६२ हजार बराबरको जिन्सि सामान सहयोग प्राप्त भएको थियो । काम भइरहेकाले रु ५ करोड भन्दा वढिको उधारोमा सामाग्री आएको उहाँले जानकारी दिनुभयो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले निषेधाज्ञामा प्राबिधिक र मजदुरहरु भित्रै राखेर काम भइरहेको जानकारी दिनुभयो । अहिलेको बिषम परिस्थितिका कारण थप सहयोग सङ्कलन केही घटेको जनाउँदै उहाँले यस अघि वोलकवल गरिएका निजी र सरकारी निकायबाट रकम उपलव्ध भएमा समयमा काम सम्पन्न गर्न सकिने जानकारी दिनुभयो  । अगामी १८ महिना भित्र सम्पन्न गर्ने गरि रङ्गशाला निर्माणको काम भइरहेको छ ।  

निषेधाज्ञाका कारण निर्माण सामाग्री सहज नहुँदा र पानी परिरहेकाले कामले सोचेजति गति लिन सकिरहेको छैन । रङ्गशाला निर्माणका लागि स्थानीय  र प्रदेश सरकारले सहयोग गर्ने जनाएको भए पनि हाल सम्म रकम प्राप्त नभएको जनाइएको छ । सबै सकारात्मक भएकाले छिट्टै रकम आउने र कामले गति लिने उहाँको विश्वास छ । भरतपुर महानगरपालिकाका सक्रियतामा त्रिभूवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपभोग गरेको २२ विगाहा जग्गा दिलाएर रङ्गशाला निर्माण सुरु गरिएको हो । भरतपुर महानगरपालिका  १५ रामपुरमा विश्वविद्यालयले जग्गा दिए वापत महानगरपालिकाले विश्वविद्यालयलाई अन्य क्षेत्रमा जग्गा दिएको छ । 

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनसंग सहकार्य गरेर भइरहेको रङ्गशाला निर्माणको कामलाई निरन्तरता दिन महानगर लागि परेको जानकारी दिनुभयो । महानगरले यस वर्ष ४ करोड र बागमती प्रदेशले  ३ करोड विनियोजन गरेको छ  । महानगरले गत वर्ष रकम बिनियोजन गरेको भए पनि प्राबिधिक कारणले निकासा गर्न कठिन भएको थियो । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा महानगरपालिकालाई चिनाउने यो यहाँको महत्वपूर्ण परियोजना भएको जनाउँदै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । फाउण्डेसनले नेपालमा क्रिकेट रङ्गशाला बनाउने बताएसंगै महानगरपालिकाले भरतपुरमा बनाउन अनुरोध गरेर जग्गाको व्यवस्था गरी अन्य सहयोग गरेको थियो । वि. सं. २०७५ असोज १९ गते भरतपुर महानगरपालिका, त्रिभूवन विश्वविद्यालय र कृषि विश्वविद्यालयका बिचमा जग्गाको बिषयमा त्रिपक्षीय सम्झौता गरी काम अघि वढेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार