२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा

२०७७, ३० भाद्र मंगलवार ०९:३६

भदौ ३०, बाग्लुङ | बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । 

एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने देखिन्छ । 

बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको थियो । ढलान गरेको दुई वर्षमा नै सडक भासिएको छ । सडक भासिदा दुई घर विस्थापित भएका छन् भने आठ घर उच्च जोखिममा परेको छ । सडकको बीचभागमा बागलुङ नगरपालिकामा वितरण हुने खानेपानीको मुख्य पाइप राखिएको छ । उक्त पाइप पटक पटक फुट्दा दुर्घटनाको जोखिमसमेत बढाएको छ । 

सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधन मुस्किलका साथ आवतजावत भइरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक देउरालीचोकदेखि सुन्डाँडासम्म झण्डै एक सय मिटर भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रद्युन्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी गुड्नै नमल्निे गरी सडक भासिए पनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । “हामीले पटक पटक वडा कार्यालय र बागलुङ नगरपालिकामा सडक मर्मतका लागि ध्यानार्कषण गराउँदासमेत अहिलेसम्म कुनै सुनुवाइ भएको छैन”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सडकभन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले बन्न सक्ने अवस्था छैन, सवारी आवतजावत रोकेर तत्कालै सडक निर्माण थाल्नुपर्ने आवश्यकता छ ।”  

सडक भासिन थालेपछि गत असोजमा रु. सात लाख खर्चेर मर्मत गरेपनि पुनः सडक भासिएर समस्या भएको बागलुङ नगरपालिका–३ का वडाध्यक्ष  लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । “सडक मर्मतसम्भारका लागि हामी प्रयत्नशील छौं, जटिल भूगोल भएका कारण निरन्तर समस्या सृजना भइरहेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले रु पाँच/सातलाख बजेट छुट्टाएर भए पनि तत्काल सडक मर्मत गर्नेछ ।”  उहाँका अनुसार सबै सडक पुरानै अवस्थामा फर्काउनका लागि रु. ५० लाखको लागत अनुमानसहित प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको छ । 

उक्त सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्ने गरी चर्किएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो