२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धवलागिरि अञ्चलका एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

३१ भाद्र २०७७, बुधबार १०:४१

भदौ ३१, गलकोट (रासस) : साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । दैनिकजसो चार जिल्लामध्ये कतै न कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडर नै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत् आपूर्ति बन्द हुन्छ । 

लोडसेडिङमुक्त भए पनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत् अनियमित भइरहने विद्युत् प्राधिकरण वाग्लुङ वितरण केन्द्रका प्रमुख इञ्जीनियर शिवनारायण गोशलीले जानकारी दिनुभयो । “लोडसेडिङ होइन, विद्युत् आपूर्ति अनियमित भएको हो”, केन्द्र प्रमुख गोशलीले भन्नुभयो, “मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमशः पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउँनासाथ मोदीबाटै विद्युत् काट्नुपर्ने समस्या छ ।” 

चार जिल्लामध्ये कुनै एक जिल्लामा विद्युत् पोल, तार तथा सबस्टेशनको ब्रेकरमा समस्या आउँनासाथ अन्य जिल्लामा समेत विद्युत् आपूर्ति नहुनु नै मुख्य समस्या रहेको गोशलीको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि चार जिल्लाका छुट्टाछुट्टै फिडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीको भनाइ छ ।

उहाँका अनुसार पुरानो विद्युत् वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रसारण लाइन विस्तार गर्न अर्बौँ बजेट लाग्ने छ । अहिले वाग्लुङको रामरेखा सबस्टेशनभन्दा अगाडि प्रसारण लाइनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत् बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत् जान्छ । 

 अहिले प्रत्येक जिल्लामा बाढीपहिराका कारण विद्युत् पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत् प्रसारणको अवरोधका रूपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक–पटक विद्युत् आपूर्ति अनियमित भइरहेको छ । पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत् कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत् बन्द नै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सबस्टेशन, ब्रेकरलगायतका उपकरणमा समस्या आउँदा विद्युत् नियमित हुनसकेको छैन । 

विद्युत उत्पादन र क्षमताका हिसाबले एक मिनेट पनि विद्युत् सेवा अवरुद्ध हुन नपर्ने अवस्थामा दिनमै पटक–पटक विद्युत् आउनेजाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने वाग्लुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य