२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना महामारीकै विच ७ हजार जनाले श्रम स्वीकृति लिए, कुन देशका लागि कति ?

२०७७, १ आश्विन बिहीबार ०९:५१

मनोज पराजुली । असोज १, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ । 

सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । करिव तीन महिनाको अवधिमा कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगार कार्यालय, ताहाचलले दिएको जानकारी अनुसार ६ हजार ६ सय ४६ पुरुष र ५ सय २५ महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । भदौ ३१ सम्म कुल ५८ देशका लागि श्रम स्वीकृति लिएका छन् जसमध्ये सबैभन्दा धेरै युएईका लागि ३४ सय ६८ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये दोश्रोमा कतार परेको छ  । 

कतारका लागि १३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तैगरी मलेसियाको लागि ६ सय ३९ जना, जापानको लागि ३८३ जना, साउदी अरेबियाको लागि ३ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतको लागि २ सय १७ जना, ओमानको लागि १ सय ३५ जना, बहराइन १ सय ४९ जना, माल्दिभ्सको लागि ७१, पोल्याण्डको लागि ७० जनाले श्रम स्वीकृति लिएका छन्  । त्यस्तै अफगानिस्तान, साइप्रस, इजरायल, माल्टा, पोर्चुगल, माल्टा लगायतका अन्य देशहरु रहेका छन् । श्रम स्वीकृति लिएका मध्ये प्राय: पुन श्रमस्वीकृति लिनेको विवरण भएको ताहाचल कार्यालयले जनाएको छ । 

सरकारले नयाँ श्रम स्वीकृति पनि खोल्ने निर्णय गरेसंसंगै म्यानपावर कम्पनी तथा व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिने क्रम शुरु भएको वैदेशिक रोजगार विभागका निर्देशक एवम सूचना अधिकारी  टिकामणि नेउपानेले साझा सबाललाई जानकारी दिए । उनका अनुसार हालसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या सय भन्दा कम छ । 

विभागले रोजगारदाता कम्पनीले कामदार लिने र सम्झौता अनुसारको सेवा सुबिधा दिने प्रतिवद्धतापत्र बनाई नेपाली दूतावास र वैदेशिक रोजगार बिभागमा इमेल गरेमा श्रम स्वीकृति दिने गरेको छ । 

यसअघि नयाँ कामदारका लागि श्रम स्वीकृति खुल्लागर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सूचना जारी गर्दै वैदेशिक रोजगार कार्यालय ताहाचलले पूर्व तथा अन्तिम श्रम स्वीकृतिको लागि फाइल पेश गर्दा रोजगारदाताबाट हालै जारी भई नेपाली दुतवासबाट प्रमाणिकरण भएको सहमतिपत्र ( नो अब्जेक्सन लेटर) समेत पेश गर्नु पर्ने सूचना जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी