Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारमा बेरोजगार श्रमिकका लागि रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमााएका नेपालीसहित विदेशी कामदारले कतारमा रोजगारी पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई रोजगारी उपलव्ध गराउने भन्दै उनीहरुलाई सम्पर्कको प्रवन्ध मिलाउन नेपालीसहित विभिन्न देशका संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

गैर कानूनी हैसियतमा बसेका कामदारहरुले समेत आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने  मन्त्रालयले जनाएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), कतारले कोभिड लगायतका कारण रोजगारी गुमाई रोजगारीको खोजीमा रहेका नेपालीलाई कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनए कतारले कतारको प्रशासनिक सामाजिक मामिला मन्त्रालयको आग्रहपछि रोजगारीको सम्पर्क गर्न विद्युतीय लिंक तयार पारेको छ । एनआरएनए, कतारका महासचिव पदम गिरीले एनआरएनए कतारले तयार पारेको लिंक मार्फत आफ्नो विवरण पेश गर्न अनुरोध पनि गरेका छन् । गैर कानूनी हैसियतमा रहेकाहरुले समेत यसरी आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने संघले जनाएको छ ।

अन्य अगाडी अन्य केहि नेपाली समुदायका अगुवा प्रतिनिधिहरुले पनि यस सम्वन्धि जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । कोभिड- १९ का कारण श्रमिक स्वदेश फर्किने तर रोजगारीका लागि नयाा श्रमिक कतार आउने क्रममा आएको अवरोधका कारण श्रमिक अभाव हुँदै गएपछि कतारको श्रम मन्त्रालयले यस्तो प्रयास गरेको कतारमा कार्यरत नेपाली अगुवाहरुको भनाई छ ।

आवेदनको लागि यो लिंक क्लिक गर्नुहोला ।