२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा बेरोजगार श्रमिकका लागि रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

२ आश्विन २०७७, शुक्रबार ०६:१२

असोज २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमााएका नेपालीसहित विदेशी कामदारले कतारमा रोजगारी पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई रोजगारी उपलव्ध गराउने भन्दै उनीहरुलाई सम्पर्कको प्रवन्ध मिलाउन नेपालीसहित विभिन्न देशका संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

गैर कानूनी हैसियतमा बसेका कामदारहरुले समेत आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने  मन्त्रालयले जनाएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), कतारले कोभिड लगायतका कारण रोजगारी गुमाई रोजगारीको खोजीमा रहेका नेपालीलाई कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

एनआरएनए कतारले कतारको प्रशासनिक सामाजिक मामिला मन्त्रालयको आग्रहपछि रोजगारीको सम्पर्क गर्न विद्युतीय लिंक तयार पारेको छ । एनआरएनए, कतारका महासचिव पदम गिरीले एनआरएनए कतारले तयार पारेको लिंक मार्फत आफ्नो विवरण पेश गर्न अनुरोध पनि गरेका छन् । गैर कानूनी हैसियतमा रहेकाहरुले समेत यसरी आवेदन दिएर रोजगारी प्राप्त गर्न सक्ने संघले जनाएको छ । 

अन्य अगाडी अन्य केहि नेपाली समुदायका अगुवा प्रतिनिधिहरुले पनि यस सम्वन्धि जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । कोभिड- १९ का कारण श्रमिक स्वदेश फर्किने तर रोजगारीका लागि नयाा श्रमिक कतार आउने क्रममा आएको अवरोधका कारण श्रमिक अभाव हुँदै गएपछि कतारको श्रम मन्त्रालयले यस्तो प्रयास गरेको कतारमा कार्यरत नेपाली अगुवाहरुको भनाई छ ।

आवेदनको लागि यो लिंक क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य